'गाजलु' सँग भिड्न असार ३ मा 'कम्पन', कथा हो 'बैंशाख १२' को

२०७२ सालको बैशाखमा गएको विनाशकारी भकम्पले नेपालमा धेरै जनधनको क्षती भयो । हजारौ व्यक्तिहरुको घरबार उजाडियो भने कयौले आफ्नो ज्यान गुमाए । यहि विषयवस्तुमा आधारित भएर निर्माण भएको चलचित्र 'कम्पन' असार ३ गतेबाट प्रददर्शनमा आउने भएको छ । दिनेश पौडेलको निर्देशनमा राजेन्द्र बस्नेतले निर्माण गरेको फिल्ममा राजेश ढुंगाना, राजेन्द्र बस्नेत, पुष्कर राउत, अनु पराजुलीलगायतले अभिनय गरेका छन् । अर्नभ बस्नेतको प्रस्तुति रहेको फिल्मको निर्मातामा अञ्चिला बस्नेत, सीताराम तिमिल्सिना र अनिलकुमार बुढाथोकी छन् । फिल्मले दर्शकलाई मनोरञ्जनका साथै सन्देशसमेत दिने दाबी निर्देशक दिनेशको छ । यो चलचित्र असार ३ गते आएपनि सफल हुने छाँटकाट भने छैन् । गएको शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आएको चलचित्र गाजलुले गर्दा यो चलचित्रलाई राम्रै असर गर्ने पक्का छ । 


TAGS : Rajesh Dhungana ,



MOVIES NEXT WEEK

No Movies!