मोल की अनमोल ?

मनिष अन्जान | नायक अनमोल केसी चर्चित अभिनेता भुवन केसीका छोरा हुन् । लगातार चार चलचित्रले सफलता दिलाएपछि अहिले अनमोलको क्रेज नेपालका अन्य सेलिव्रेटीभन्दा राम्रैसँग चुलिएको छ । युवापुस्ताका दर्शकहरुले निकै रुचाएका अनमोलको हाल प्रदर्शन भइरहेको चलचित्र गाजलुले पनि दुई दिनमा करोड माथीको व्यापार गरेपछि उनलाई आफ्नो चलचित्रमा लिन चाहने निर्माता कति होलान त्यो हामी सबैले सजिलै अनुमान लगाउन सक्छौ । होस्टेल, जेरी, ड्रिम्स र हालै मात्र गाजलुले सफलता दिलाएपछि उनको क्रेज मात्र होइन पारिश्रमिक पनि बढेको कुरा हामी सबैलाई थाहा छ । होस्टेलमा १ लाख ५० हजार लिएर काम गरेका अनमोलले त्यसपछि जेरीमा झण्डै ५ लाख लिए । ड्रिम्स भने होम प्रोडक्शनको चलचित्र भएका कारण यो चलचित्रले एकहप्तामा मात्र ५ करोड माथीको व्यापार गरेको थियो । अब आफै बुझ्नुहोस् अनमोलले चलचित्र ड्रिम्सबाट कति कमाए । त्यस्तै उनले हालै प्रदर्शन भइरहेको चलचित्र गाजलुमा ८ लाख लिएका थिए । यसरी प्रत्येक चलचित्रमा आफ्नो पारिश्रमिक बढाउँदै आएका अनमोलले आइतबार एक चलचित्र २० लाखमा साइन गरेँ । यो रकम अहिलेसम्म कुनै पनि नेपाली कलाकारले लिएका छैनन् । कुनै समय आर्यन सिग्देललाई सर्वाधिक महंगा नायक भनेर चिनिन्थ्यो । खबरका अनुसार उनले एक समय ६ लाखसम्म पारिश्रमिक लिन्थे । तर अनमोलले चार चलचित्रपछि नै आफ्नो पारिश्रमिक २० लाख बनाएपछि अब यो चलचित्र पश्चात उनको पारिश्रमिक कति होला ? त्यो भने भोलीको दिनले बताउला । उनलाई २० लाख पारिश्रमिक दिन नोभेम्बर रेन र क्लासिक चलचित्रका निर्माता सुवास गिरी तयार भएका हुन् । अनमोलको स्टार क्रेजलाई मध्यनजर गर्दै डेढ बर्षसम्म अन्य कुनै पनि चलचित्रमा काम नगर्ने वाचासहित गिरीले अनमोललाई २० लाख पारिश्रमिक दिएका हुन् । 'कृ' नामक चलचित्रका लागि अनमोलले २० लाख पारिश्रमिक लिएको बुझिएको छ । खबरका अनुसार आइतबार गिरी र नायक केसीले सम्झौता पत्रमा हस्ताक्षर समेत गरिसकेका छन् । उनलाई यो रकम तिर्न सुवास गिरीलाई गाह्रो भने थिएन । अनमोलका प्रत्येक चलचित्रले ५ करोडसम्मको व्यापार गरिरहेको अबस्थामा निर्माता सुवास गिरीले अनमोललाई आँखा चिम्लेर २० लाख पारिश्रमिक दिएका हुन् । अब अनमोल केसीले २० लाखभन्दा तल पक्कै पनि अन्य चलचित्र साइन गर्ने छैनन् । अनमोल केसीलाई लिएर चलचित्र निर्माण गर्ने निर्माताले अब भने उनको पारिश्रमिकलाई ध्यान दिँदै झण्डै ५ करोडमाथीको चलचित्र निर्माण गर्नु पर्ने देखिन्छ । 


TAGS : Anmol K.C. ,