आमेशको फेसबुकमा छैन नितासँगको फोटो, कुनै दिन भनेका थिए -'एउटा मृगौला तिमीलाई'

केहि महिना अगाडीसम्म नायक आमेश भण्डारी र नायिका निता ढुंगानाको प्रेमचर्चा खुबै थियो । यो जोडीको प्रेमलाई देखेर डाहा गर्ने पनि थिए । दैनिक जसो मिडियामा उनीहरुको प्रेम चर्चा र फेसबुकमा पोखिएको उनीहरुको मायाले सायद डाहा नगर्ने कमै थिए होलान । धेरैले भने पनि प्रेम भनेको निता र आमेशको जस्तो हुनुपर्छ । तर सेलिव्रेटीहरुको प्रेमचर्चा जति नै चलेपनि भित्री रुपमा भने त्यतिक्कै बलियो भएको पाइदैन । गएको बर्ष प्रदर्शनमा आएको चलचित्र 'फूलै फूलको मौसम तिमीलाई'मा प्रमुख भुमिका निर्वाह गरेका आमेश र निताको प्रेममा अहिले पूर्ण विराम लागेको छ ।  कुनै दिन एकैदिनमा २ पटकसम्म एकअर्काको फोटो फेसबुकमा हाल्दै माया साटासाट गर्ने यो जोडी अहिले महिनौ दिन वित्दा पनि एक फोटोसम्म सेयर गरेका छैनन् । तपाईलाई सुन्दा अचम्म लाग्ला, नायक आमेशको फेसबुकमा त झन नितासँग बसेर खिचिएको एउटा पनि फोटो छैन । केहि महिना अगाडी नितासँग सँगै बसेर खिचिएका तस्बिरहरु देखी नितालाई गुलाबका फूलहरु दिएका लगायतका फोटोहरु अहिले आमेशको फेसबुकमा नदेख्दा सजिलै अनुमान लगाउन सकिन्छ की उनीहरुको ब्रेकअप भइसक्यो तर निताको फेसबुकमा भने आमेशसँगको फोटोहरु प्रशस्तै छन् । फूलै फूलको मौसम तिमीलाई चलचित्रको प्रमोशनको बेला आमेशले नितालाई गुलाबको फूल गदै एक मिडियालाई भनेका थिए -'निता कुनै दिन तिम्रो मृगौलाले काम गर्न छोड्यो भने म तिमीलाई मेरो एउटा मृगौला दिन्छु ।' यि कुराहरु सुन्दा लाग्थ्यो उनीहरु बिच प्रगाढ माया छ तर अहिले उनीहरुको प्रेम सम्बन्ध डाँडापारीको घाम भइसकेको स्पष्ट देख्न सकिन्छ । अहिले उनीहरुले आफ्नो आधिकारीक फेसबुकमा एकअर्काको तस्बिरहरु पोष्ट नगर्नु, निता प्राय सधै विभिन्न कार्यक्रममा एक्लै पुग्नुले उनीहरुको ब्रेकअप भइसकेको सजिलै अनुमान लगाउन सकिन्छ । तर यस्ता कुराहरु सेलिव्रेटीको लाइफमा हुने कुनै अनौठाका पल भने चाहिँ होइनन्, तपाईहरुले यस्ता कुराहरु बेला बखतमा सुन्दै आइरहेकै हो । अहिले निता चलचित्र निर्भयको छायाँकनमा व्यस्त छिन् । 


TAGS : Neeta Dhungana ,


MOVIES THIS WEEK

No Movies!