१६ बर्षपछि बन्दैंछ 'दर्पण छायाँ' को सिक्वेल, हुने छैनन् दीलिप, उत्तम र निरुता

चर्चित निर्देशक तुलसी घिमिरेले १६ बर्ष अगाडी निर्देशन गरेको सफल चलचित्र 'दर्पण छायाँ' को सिक्वेल निर्माण घोषणा गरिएको छ । सोमबार राजधानीमा एक कार्यक्रमका बिच चलचित्रको औपचारिक निर्माण घोषणासँगै शुभ मुहुर्त पनि गरिएको हो । चलचित्रको शुभ साइत गरेपछि चलचित्रका कलाकारहरुले ‘दर्पणछायाँ’मा समावेश ‘लहनाले जुरायो कि’को साथमा ‘दर्पणछायाँ २’मा समावेश ‘दर्पणमा छायाँ कति राम्रो ?’ बोलको गीतमा नृत्य गरेका थिए । १६ बर्ष अगाडी दीलिप रायमाझी, उत्तम प्रधान, निरुता सिंहलाई लिएर चलचित्र दर्पण छायाँ बनाएका तुसलीले यो पटक भने सबै नयाँ कलाकार छानेका छन् । 

चलचित्रमा तिन कलाकारहरुको मुख्य भुमिका रहनेछ । चलचित्रमा मोडल पुष्प खड्काका साथमा २ नयाँ नायिका सहारा कार्की र श्रद्धा प्रसाइको मुख्य भूमिका हुनेछ । त्यस्तै यो चलचित्रमा सरोज खनाल, वीएस राना, शेर वहादुर, सुमन घिमिरे, जीवन आचार्य, अशिम शेर्पा, फिरोज तिमिल्सिनाको पनि मुख्य भूमिका रहनेछ । तुलसी घिमिरेको लेखन र निर्देशन रहने चलचित्रका प्रस्तुतकर्ता डाक्टर लोपसाङ लामा हुन् । कार्यक्रममा बोल्दै चलचित्रका निर्देशक तुलसी घिमिरेले चलचित्र दर्पण छायाँ २ सिक्वेल नभएको बताए । 

उनले भने -'दर्पण छायाँ' र 'दर्पण छायाँ २' को कथा विल्कुलै फरक रहनेछ । हामीले यो चलचित्रमा पुराना कलाकार दीलिप रायमाझी, उत्तम प्रधान, निरुता सिंहलाई दोहोर्याउने प्रयास गरेका थियौ तर सम्भब भएन । सबैको व्यस्तताका कारण हामीले पुराना कलाकारलाई राख्न नसकेपनि नयाँ कलाकारहरुले पुराना कलाकारको अभाब महशुस हुन दिने छैनन् ।' बिहिबारबाट छायाँकन हुने तयारी गरिएको यो चलचित्रमा दीलिप रायमाझी, उत्तम प्रधान, निरुता सिंह अतिथीको भुमिकामा हुन सक्ने सम्भावना भने छ । 


TAGS : Tulsi Ghimire ,



MOVIES NEXT WEEK

No Movies!