नेपाल अघि युरोपमा हुनेछ 'नमस्ते नेपाल' को प्रदर्शन

युरोपमा छायाँकन गरिएको नेपाली चलचित्र 'नमस्ते नेपाल' असार ३१ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । युरोपमा छायाँकन गरिएको चलचित्र 'नमस्ते नेपाल' नेपालभन्दा पहिले युरोपमा प्रदर्शन हुने भएको छ । बेल्जियमबाट चलचित्रका कलाकार तथा निर्माण टिम सदस्य श्याम श्रेष्ठले दिएको जानकारी अनुसार चलचित्रको बेल्जियमको अन्टरवेरपानमा २५ जुनमा लाग्ने पक्का भएको हो । जुलाईको १५ मा रिलिज हुने चलचित्र नमस्ते नेपाल यहिँ मितिमा जर्मनीको बोखुम शहरमा पनि प्रदर्शन हुने बताइएको छ ।  राजु शाह निर्देशित चलचित्र नमस्ते नेपालमा सविन श्रेष्ठ, श्याम श्रेष्ठ, एना, अनुजा प्रधान, म्युजिका खड्का, बोण्ड लगायतका कलाकारहरुले अभिनय गरेका छन् । द्वारिका उदय प्रोडक्सनको प्रस्तुतीमा तयार भएको चलचित्रमा प्रदिप कुमार उदय, मन्दिरा श्रेष्ठ र श्रीजु शाहको लगानी छ ।


MOVIES NEXT WEEK

No Movies!