टौदहमा सिपोराको 'भइँमान्छे', कथा हो लास चिर्नेको !

हाल चलचित्र भइँमान्छेको छायाँकन टौदह लगायतका क्षेत्रमा भइरहेको छ । भलिबलकी स्थापित खेलाडी सिपोरा गुरुङको मुख्य भुमिका रहेको चलचित्र भइँमान्छे दशैंपछि प्रदर्शन गरिने निर्माणपक्षको तयारी छ । पोष्टमार्टमको काम गर्ने मानिसको जीवनमा आउने उतारचढावमा केन्द्रीत रहेको चलचित्र भइँमान्छेको छायाँकन आधा सकिएको चलचित्रका निर्देशक नवराज वुढाथोकीले जानकारी दिए । ड्रोन क्यामेरा प्रयोग गरिएर हाल रमेश बुढाथोकी, अभिनेता सोहिन प्रजापति र सिपोरा गुरुङको दृश्य खिचिरहेको उनले बताए । चलचित्रमा सिपोराको मामाको रमेश बुढाथोकी देखिँदैछ । ३० दिनको सेड्युअलसहित सुटिङ थालेका उनी आइतबार भने १६ औं दिनमा थिए । रोहिणी भट्टराई, नवीन श्रेष्ठ, तारा केसी, रामबाबु रेग्मी, बादल भट्ट लगायतका कलाकारहरुको मुख्य भुमिका रहेको यो चलचित्रलाई विदुर पाण्डेले खिचिरहेका छन् । चलचित्रमा देवेन्द्र राइको संगीत, विदुर पाण्डेको छायांकन, अष्ट महर्जनको एक्सन, कविराज गहतराजको नृत्य निर्देशन रहेको छ । 


MOVIES NEXT WEEK

No Movies!