थाहा पाउनुहोस्, कति कमायो 'गाजलु' र 'कालो पोथी' ले !

गएको हप्ताबाट देशव्यापी प्रदर्शनमा आएको चलचित्र 'कालो पोथी'ले प्रदर्शनमा आएको १० दिन वित्दै गर्दा १ करोड ११ लाख माथीको व्यापार गरेको छ । प्रदर्शनमा आएको पहिलो हप्ता ९३ लाखको व्यापार गरेको चलचित्र कालो पोथीले दोस्रो हप्ताको सुरुवातमै करोडको आँकडा पार गरेको थियो । योसँगै चलचित्रको दश दिने आम्दानी १ करोड ११ लाख रहेको वितरक कम्पनी पपकर्नले जानकारी दिएको छ । प्रदर्शनमा आएको पहिलो हप्ता काठमाडौंका १५ मल्टिप्लेक्सबाट मात्र ९३ लाखको व्यापार गरेको चलचित्र कालो पोथी यो शुक्रबारबाट भने मोफसलका २५ वटा सिंगल हलमा पनि प्रदर्शनमा आएको छ । कालो पोथीले दोस्रो हप्तामा भने मल्टिप्लेक्स र सिंगल हलमा गरि ३२ लाख ग्रस कलेक्सन गरेको बताइएको छ । मल्टिप्लेक्समा निकै रुचाइयो चलचित्र 'कालो पोथी'लाई यति बेला सिंगल हलमा पनि दर्शकहरुले निकै रुचाएका छन् । मीन बहादुर भाम निर्देशित यो चलचित्रले मुगुको दर्दनाक कथा बोकेको छ । पपकर्नका माधव वाग्लेका अनुसार यो चलचित्रले दोस्रो हप्ता पुरा गर्दा डेढ करोड माथीको व्यापार गर्नेछ । त्यस्तै यो हप्ताबाट देशव्यापी प्रदर्शनमा आएको अनमोल केसी स्टारर चलचित्र 'गाजलु'ले तिन दिनमा २ करोड माथीको व्यापार गरेको छ । प्रदर्शनको पहिलो दिन ५० लाखको आक्रामक ओपनिङ गरेको र आइतबारसम्मको व्यापार जोड्दा २ करोड नजिक पुगेको निर्माता रोहित अधिकारीले दाबी गरेका छन् । उपत्यकाका २१ र उपत्यका बाहिर ६० वटा हलहरुमा गाजलुको प्रदर्शन भइरहेको छ । 

MOVIES THIS WEEK

No Movies!