'ओ माई म्यान' को प्रिमियर, यसरी गरे चलचित्रकर्मीले तारिफ !

मान्छे कतिसम्म झुटो बोल्न सक्छ भन्ने यर्थाथ कथा बोकेको सर्ट फिल्म 'ओ माई म्यान' को मंगलबार राजधानीमा प्रिमियर गरिएको छ । चलचित्रकर्मी, पत्रकारहरुको भव्य उपस्थितीमा चलचित्र 'ओ माई म्यान'को प्रिमियर गरिएको हो । यो सर्ट फिल्मले मानिस भगवानको अगाडी पनि कतिसम्म झुटो बोल्न सक्छन् भन्ने देखाउन खोजिएको छ । कान्तिपुरका रंग पत्रकार शुशिल पौडेलको कथा रहेको यो सर्ट फिल्मलाई गोपाल चन्द्र लामिछानेले निर्देशन गरेका हुन् । यो चलचित्र २२ मिनेट १९ सेकेण्डको रहेको छ । सर्ट फिल्ममा लक्ष्मी गिरी, स्वस्तीका राज भण्डारी ,कुसा ग्रह लगायतका कलाकारहरुको प्रमुख भुमिका रहेको छ । सर्ट फिल्म 'ओ माई म्यान' शक्ति बल्लभ घोराशैनी र पुनम गौतमले निर्माण गरेका हुन् ।  सर्ट फिल्म 'ओ माई म्यान' हेरिसकेपछि चलचित्रकर्मी, पत्रकारहरुले निकै रुचाएका थिए । कार्यक्रममा बोल्दै निर्मात्री पुनम गौतमले आफुलाई कथा निकै उत्कृष्ट लागेको हुनाले सर्ट फिल्म ओ माई म्यान निर्माण गरेको बताइन । पुनमले यस अघि 'अझै पनि' नामक चलचित्र निर्माण गरेकी थिइन । यो सर्ट फिल्म हेर्नका लागि सयौ चलचित्रकर्मीहरु उपस्थित भएपछि निर्माणपक्षले दुई शोमा ओ माई म्यानको प्रिमियर गरेको थियो । 


MOVIES NEXT WEEK

No Movies!