'अझै पनि' की निर्मात्रीसँग सुध्रिएको हो पुजा र सुदर्शनको सम्बन्ध ?

मनिष अन्जान । एउटा चलचित्र निर्माण गरेपछि धेरै चलचित्रकर्मीहरुको सम्बन्ध चलचित्रका निर्मातासँग बढि जसो चिसिएको देख्न सकिन्छ । चलचित्रले सफलता हासिल गरे त ठिकै हो नभए बढि जसो निर्माताहरुको सम्बन्ध चलचित्रका कलाकारहरुसँन्ग चिसिएको हामीले यस अघि पनि बेला बखतमा सुन्दै आइरहेका छौ । त्यस्तै २०७१  मा प्रदर्शनमा आएको चलचित्र 'अझै पनि'की निर्मात्री पूनम गौतम र सोहि चलचित्रका नायक सुदर्शन थापा र पुजा शर्माको सम्बन्ध विग्रिएको खबर पनि आएको थियो । चलचित्रको पत्रकार सम्मेलन देखी प्रचारको बेला उनीहरुको सम्बन्ध विग्रिएको सजिलै अनुमान पनि लगाउन सकिन्थ्यो । अन्तत स्वर्गीय आलोक नेम्वाङले निर्देशन गरेको चलचित्र 'अझै पनि' चलेन । त्यसपछि झन उनीहरुको सम्बन्धमा राम्रै दरार आएको खबर एकपटक राम्रैसँग बाहिरिएको थियो । यो चलचित्र सुदर्शन थापा र पूनम गौतमले मिलेर निर्माण गरेका थिए भने सुदर्शन आफैले अभिनय पनि गरेका थिए । चलचित्र असफल भएपनि विशेषत सुदर्शन र पुनमको सम्बन्ध विग्रिएको खबर आएको थियो । तर यस्तो खबर बाहिरिएको केहि समय नवित्दै मंगलबार भने पूनम गौतमले निर्माण गरेको लुघ चलचित्र 'ओ माई म्यान'को प्रिमियरमा सुदर्शन र पुजा उपस्थित थिए । प्रिमियरमा हेर्दा लाग्थ्यो उनीहरुको सम्बन्ध अझै पनि सुमधुर छ । पुजाले उक्त लघु चलचित्र प्रिमियर गरिएको हल क्यूजमा आएपनि पूनमसँग अंकमाल गर्दै बधाई दिएकी थिइन भने सुदर्शनले पनि अंकमाल गर्दै लघु चलचित्र 'ओ माई म्यान'को लागि पूनमलाई बधाई दिएका थिए । उनीहरुले २२ मिनेट लामो लुघ चलचित्र 'ओ माई म्यान' हेरेर हलबाट बाहिरिएका थिए । यो हेर्दा पूनमसँग सुदर्शन र पुजाको सम्बन्ध सुध्रिएको अनुमान लगाउन सकिन्छ । 

MOVIES THIS WEEK

No Movies!