मेरो काम बोल्छ : सौगात मल्ल

कमेडी कलाकारको रुपमा स्थापित नायक सौगात मल्लको नयाँ चलचित्र 'लुकामारी' असार ३१ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । केहि समय अगाडी सार्वजनिक चलचित्रको फष्र्टलुक र ट्रेलरमा सौगातको न्यू लुक्सलाई दर्शकहरुले निकै रुचाइरहेको अबस्थामा उनले आफ्नो लागि लुकामारी प्रतिक्षित चलचित्र रहेको बताए । मिडियामा खासै देखा नपर्ने सौगात अहिलेसम्म चलचित्र लुकामारीको विषयमा मिडियाको सामु केहि बोलेका छैनन् । उनी यो चलचित्रमा मात्र होइन अन्य चलचित्रको प्रमोशनमा पनि मिडियाको सामु खासै अन्तक्रिया गरेको पाइदैन । 'म कुरा भन्दा पनि काम गर्छु त्यसैले मैले बोलिरहनु पर्छ जस्तो लाग्दैन', हामीसँगको विशेष कुराकानीको क्रममा सौगातले भने -'चलचित्र लुकामारीको विषयमा मैले धेरै बोल्ने भन्दा पनि हलमा चलचित्र प्रदर्शन भएपछि मेरो काम बोल्नेछ ।' उनका अनुसार आफू तराई भेगमा जन्मिएको अनि हुर्किएकाले पनि त्यहाँको भाषा शैली पर्दामा ल्याउन मन लागेको उनको भनाई थियो । जसलाई लुकामारी बाट पुरा गरेको उनको तर्क छ । उत्कृष्ट कथा र राम्रो व्यानर हेरेर मात्र काम गर्ने बताउँदै आएका सौगातले लुकामारीले दर्शकहरुलाई भरपुर मनोरञ्जन दिने बताए । काठमाण्डौ र काभ्रेमा छायांकन गरिएको यो चलचित्रलाई सुरजमान सिंह भण्डारीले निर्माण गरेका हुन् ।  काठमाण्डौमा सुनिल मानन्धर र काठमाण्डौ बाहिर एफडी कम्पनीले यो चलचित्रको वितरण गर्नेछ । चलचित्रमा सौगात मल्ल, कर्मा, विक्रम सिंह थारु, जे.वी.डीसी, रीस्ता बस्नेत, सुरविना कार्की, कृष्णभक्त महर्जन, प्रवण भुषाल र कुशल विष्टको मुख्य भूमिका छ । श्रीराम दाहालको निर्देशनमा तयार भएको यो चलचित्रमा सुसन प्रजापतिको छायांकन, विनोद खतिवडाको लेखन, कृष्ण भण्डारीको सम्पादन, विकास सिलवालको संगीत, अमृत महरठ्ठाको श्रृङ्गार छ । ग्लेज इन्टरटेन्मेन्ट प्रालीले यो चलचित्रको निर्माण गरेका हो । 

MOVIES THIS WEEK

No Movies!