छोरीको करिश्मालाई प्रश्न 'ममी देशकै बेइज्जत गर्‍यौ रे'

नेपाली चलचित्रकी एक कुशल अभिनेत्री करिश्मा मानन्धर केहि महिना अगाडी डा.बाबुराम भट्टराईको नयाँ शक्ति पार्टीमा सदस्यको रुपमा आबद्ध भइन् । चाँडै नयाँ शक्ति पार्टीको एक महत्वपुर्ण जिम्मेवारी पदमा रहन लागेकी करिश्माको आलोचना यति बेला चौतर्फी छ । केहिदिन अगाडी रंगशालामा आयोजित नयाँ शक्ति पार्टीको घोषणा कार्यक्रममा उनले गरेको उद्घोषणको आलोचना अहिलेसम्म पनि साम्य हुन सकेको छैन् । कार्यक्रम सञ्चालनको दौडानमा अनगिन्ती गल्ती गरेकी करिश्माको आलोचना सामाजिक सञ्जालदेखी चिया पसलसम्म छ । केहि मिडियाहरुले देशकै बेइज्जत गरिन करिश्माले भन्ने सम्मको समाचारहरु पनि प्रकाशन गरे । उनले अंग्रेजी र नेपाली शब्द शुद्ध तरिकाले कार्यक्रम सञ्चालन गर्दा उच्चारण गर्न नसकेपछि सोहि कार्यक्रममा उपस्थित विभिन्न नेताहरुले पनि असन्तुष्ट व्यक्त गरेका थिए । 

करिश्माको कार्यक्रम चलाउने शैलीको विषयलाई लिएर खुबै आलोचना भइरहेको बेला उनकी छोरी कविता मानन्धरले अमेरिकाबाट फोन गरिन् र भनिन्, 'ममी के भाको, तिमीले त देशकै वेइज्जत गर्‍यौ रे’ ।' र करिश्माले जवाफ दिइछन्, ‘छोरी मैले तिमीलाई त जन्म दिएँ । तर, म आफू भने फेरि जन्मदैछु ।’ करिश्माले यो कुरा आफ्नो आधिकारीक फेसबुकमा बताएकी हुन् । 


MOVIES NEXT WEEK

No Movies!