'झोला' जस्तै पाउँला त गरिमाको 'तीन घुम्ती' ले सफलता ?

पछिल्लो समय नेपाली चलचित्रक्षेत्रमा पुस्तकमा आधारित भएर चलचित्र निर्माण हुने क्रम ह्वात्तै बढेको छ । पाठकहरुले अत्याधिक रुचाएपछि सोहि पुस्तकमा आधारित भएर चलचित्र निर्माण हुने क्रम बढिरहेको अबस्थामा चलचित्र 'झोला'ले सफलता पनि हासिल गर्यो । चलचित्र झोलाले एकाएक सफलता हासिल गरेपछि अहिले धेरै निर्माताहरु चर्चित पुस्तकमा आधारित भएर चलचित्र निर्माण गर्न लागिरहेका छन् । झमक घिमिरेको चर्चित पुस्तक 'जीवन काँडा की फूल'मा आधारित भएर हाल चलचित्र निर्माण भइरहेको छ भने सुविन भट्टराईको चर्चित पुस्तक 'समर लभ'मा आधारित भएर निर्देशक विकास आचार्यले चाँडै चलचित्र निर्माण पनि गर्दैछन् । त्यहि क्रममा असार १७ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र 'तीन घुम्ती' पनि साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाको चर्चित कृति ‘तीन घुम्ती’माथि आधारित छ । झोलामा सशक्त अभिनय गरेकी नायिका गरिमा पन्तको मुख्य भुमिका रहेको चलचित्र तीन घुम्तीलाई पनि दर्शकहरुले रुचाउने निर्माण पक्षको दाबी छ । चलचित्र झोलाबाट सार्क फिल्म फेस्टिभलमा सार्ककै उत्कृष्ट अवार्ड पाएकी गरिमा अहिले बेल्जियममा छिन् । केहि दिन अगाडी मात्र बेल्जियममा बस्ने नेपाली यूवासँग विवाह गरेपछि उनी नेपाल फर्किएकी छैनन् । झोला चलचित्र पश्चात अन्य चलचित्रले असफलता हासिल नगरेपछि उनी एक्कासी बैबाहिक सम्बन्धमा बाँधिएकी थिइन । खबरका अनुसार उनी चलचित्र तीन घुम्तीको प्रिमियरमा भने नेपाल आउन सक्छिन् । बाबुराम ढकालले निर्देशन गरेको यो चलचित्रमा गरिमा पन्त, ध्रुव दत्त र सुशान्त कार्की मुख्य भुमिकामा छन् । अहिले चलचित्रको प्रचार गर्नका लागि नेपालमा सुशान्त मात्र छन् । कर्मा प्रोडक्शनले यो चलचित्र निर्माण गरेको हो ।

MOVIES THIS WEEK

No Movies!