फ्राईडे रिलिजमा 'कम्पन' तर दिने छैन 'गाजलु' लाई टक्कर

गएको हप्ताको शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आएको चलचित्र 'गाजलु'सँग प्रतिस्पद्र्या गर्न आज शुक्रबारबाट चलचित्र 'कम्पन' आएको छ । अनमोल केसी स्टारर चलचित्र 'गाजलु'ले अहिलेपनि सिनेमा घरहरुमा राम्रै दर्शक भित्राइरहेको अबस्थामा चलचित्र 'कम्पन'को भने सुखद ओपनिङ्ग नहुने पक्का छ । राजधानी भित्र १५ र मोफसलमा ३५ सिनेमा घरबाट प्रदर्शन हुन लागेको चलचित्र कम्पनमा राजेश ढुंगाना, राजेन्द्र बस्नेत, पुष्कर राउत, अनु पराजुलीलगायतले अभिनय गरेका छन् । अर्नभ बस्नेतको प्रस्तुति रहेको फिल्मको निर्मातामा अञ्चिला बस्नेत, सीताराम तिमिल्सिना र अनिलकुमार बुढाथोकी छन् । यो चलचित्रलाई दिनेश पौडेलले निर्देशन गरेका हुन् भने राजेन्द्र बस्नेतले निर्माण गरेका हुन् । यो सँगै शुक्रबारबाट बलीउड चलचित्र उड्ता पञ्जाब पनि प्रदर्शनमा आएको छ ।