समिक्षा : मेला - दर्शकहरुलाई झमेला


चलचित्रको सुरुवात हुन्छ दुइजना कलेज पढ्ने बिद्यार्थीहरुको परिचयबाट। यी दुइजना साथीहरु दिपेश ( सलोन बसनेत ) र अभिषेख ( आमेश भण्डारी ) अलि निस्फिक्री खालका बिद्यार्थीहरु हुन्छन  र सेकेन्ड डिविजनमा पास भएर पुलिसको जागिर खाने खालका भनि चित्रण गराइन्छ। कलेजमै पढ्ने प्रिती (अशिश्मा) ले अभिषेखलाई मन पराउँछे भने अभिषेखलाई चाँही फरक फरक समयमा फरक केटीहरु मन परिराखेका हुन्छन। दिपेश भने अलि मजाकिया र बेफिक्री खालको हुन्छ।

यिनै तीनजना साथीहरुको हासो मजाक, कलेज जीवनमा सबैले भोगेका पलहरु देखाउंदै गर्दा एकदिन कलेजबाट पिकनिक जाने कार्यक्रम तय हुन्छ। त्यहि पिकनिकमा एउटा घटना घट्छ जसले प्रिती र अभिषेखको जिन्दगीमा धेरै ठुलो परिवर्तन ल्याउँछ। एक अर्कालाई माया गर्ने कुरा भर्खरमात्र साटासाट गरेर एउटा सुन्दर जीवनको कल्पना गर्दै अगाडी बढ्न खोजेका दुईजनाको जिन्दगीको उतार चढावको कथाको रुपमा प्रस्तूत गर्न खोजिएको छ फिल्म मेलालाई।

सबल पक्ष:

प्राविधिक र रचनात्मक दुवै रुपमा फिल्ममा केहि पनि सबल देखिदैन। सलोन बस्नेतको कमेडी खालको चरित्र नभएको भए फिल्म पुरा हेर्न पनि गाह्रो हुने खालको छ। तेसैले फिल्मको सबल पक्षको रुपमा सलोनको कमिक टाइमिङ्गलाई लिन सकिन्छ।

कमजोर पक्ष:

फिल्ममा प्रसस्त मात्रामा कमजोरीहरु छन्। आमेश र सलोनलाई कलेजका बिद्यार्थीका रुपमा गरिएको चित्रण अलि नसुहाउँदो देखिन्छ। मुख्य रुपमा मलाई फिल्ममा गरिएको चरित्र निर्माण खट्किएको छ। कुनै पनि चरित्रलाई राम्रो संग न त सुहाउँदो ढंगले प्रस्तूत गर्न सकिएको छ न त तेस्लाई न्यायनै दिन कोशिश  गरिएको छ। अभिषेक जो हिजो सम्म एउटा मनमौजी खालको मान्छे हुन्छ उसमा एउटा घटनाले एक्कास्सी देश, समाज प्रति भक्ति र मायाको प्रवाह देखाउन खोजिएको छ त्यो अलि नमिलेको जस्तो देखिन्छ र खुलेरै भन्नु पर्दा फिल्ममा पटक्कै सुहाएको जस्तो देखिदैन। जस्तोसुकै समस्यामा परेपनि मान्छेको सोचमा परिवर्तन आउनका लागि उसमा आधारभूत रुपमा त्यो कुराप्रति झुकाव देखिनु पर्छ, त्यहि कुराको कमि यहाँ देखियो। यहि कुरा प्रीतिको चरित्रमा पनि देखिन्छ।

अतिनै असमान रहेको कथा प्रवाह पनि यो फिल्मको कमजोरी हो, प्रिती र अभिषेखको जिन्दगीमा आउने उतार चढाव यथार्थ भन्दा धेरै पर हुन्छ र यसले फिल्ममा रहस्य बढाउने भन्दा पनि एकदमै खस्रोपनको महसूस गराउँछ। कति कति बेला त निर्देशक बिनानै दुइ चार जना मान्छे पछाडी क्यामेरा लिएर हिडे जस्तो महसूस हुन्छ।

निर्देशनका रुपमा अतिनै फितलो, संगीत पनि मध्यम खालको, छायांकन जस्ता महत्वपुर्ण पक्षहरुमा पनि फिल्म पछाडी परेको महसूस हुन्छ। समग्रमा भन्दा फिल्म औसत भन्दा पनि नराम्रो छ।

रेटिङ्ग : 0.५ / ५  


TAGS : Mela , Amesh Bhandari , Salon Basnet , Ashishma Nakarmi ,


MOVIES THIS WEEK

No Movies!

MOVIES NEXT WEEK

No Movies!