समिक्षा : तान्द्रो


जनयुद्धकालमा गगन बहादुर लामाले  (कमरेड  कोशीस ) भोगेको दुखद घटनालाई आधार बनाएर निर्माण गरिएको चलचित्र हो तान्द्रो। चलचित्रमा कोशिसको भूमिकामा दयाह्याङ्ग राई लाई प्रस्तुत गरिएको छ। कोशिस र उनका सांगीतिक समुहको नाटक मन्चन गरेको दृश्यबाट चलचित्र सुरु हुन्छ। प्रथम भाग (मध्यान्तर  सम्म )को लगभग ७०%  जस्तो समय त्यहि नाटक र नाचगानमा खर्चेर चलचित्रको कथा आधार तयार पारिएको छ। यो बीचमा बेनीमा आफ्नो पार्टीले आक्रमण गरेर जीत हासिल गरेको खबर सुनेर विजय उत्सव मनाएको दृश्य जिबन्त लाग्छ भने अरु केहि दृश्य अलिक बडी चर्को, कतैकतै नमिलेको र कतै सस्तो संबाद प्रयोग गरिएको पाइन्छ। प्रथम भागको अन्त्यतिर नेपाली सेनाले सो सांगीतिक समुहलाई आक्रमण गर्दछ र भागाभागमा कोशिसको घुडामा गोलि लाग्छ। गोलि लागेपछि कोशिसको पिडा, गाउँलेको  व्यवहार र पार्टीको साथीको सम्बन्धलाई  देखाउदै चलचित्र अगाडी बढ्छ। चलचित्रमा जनसरकार प्रमुखको भूमिकामा बुद्धि बहादुर तामाङ्ग छन्। यो चलचित्रको ट्रेलर दुई वर्ष अगाडी (२०१५ अक्टोबर ) सार्बजनिक गरिएको थियो भने चलचित्र प्रदर्शन भने २०१७ नोवेम्बेरमा गरिएको हो। चलचित्रको नयाँ ट्रेलर पनि सार्बजनिक भएको छ र ट्रेलर हेरेर दर्शकलाई कथा अन्तरवस्तु थाहा भए पनि चलचित्रको प्रस्तुती हेर्न चाही हल सम्म पुग्नु पर्छ।


सबल पक्ष :

सत्य घटना त्यसमा पनि एउटा व्यक्तिको पिडा भोगाईलाई चित्रण गरिएको चलचित्रको कथा एकदम दमदार र शक्तिशाली छ र यो चलचित्रको राम्रो पक्षपनि हो। मुख्य कुरा भनेको यस्तो कथालाई चलचित्रले कति न्याय गर्न सक्छ भन्ने हो। कथाको गहिराईमा नजाने हो भने दयह्याङ्गको भुमिका ठिकै मान्न सकिन्छ।बिशेष गरि पीडाबोधमा पुरानो यादलाई  चित्रण गरेको दृश्य चाहि राम्रो छ।  अरु सहायक भुमिकामा बुद्धि बहादुर तामांगको पनि राम्रो छ। चलचित्रको छायांकनमा कुनै कुनै असान्दर्भिक दृश्यहरु हटाउने हो भने राम्रै मान्न सकिन्छ। नेपाली रजतपटमा कम देखिने यस्तो कथामा चलचित्र बनाउने निर्देशक र निर्माताको आँट चाहिँ  राम्रो मान्नु पर्छ।


कमजोर पक्ष:

यो चलचित्र हेरिरहदा चलचित्र कथाको गहिराहिमा पुग्न नसकेको भान हुन्छ। आफ्नो घुडामा गोलि लाग्दाको पिडा  जसले गर्दा आफ्नो ज्यान जान सक्छ र त्यो परिस्थितिको असर के हुन्छ भन्ने सेरोफेरोमा बनेको चलचित्रमा कथाले न्याय पाएको छैन। दर्शकलाई कलाकार को पिडाबोध हुदैन बरु कतै कतै हाँसो उठ्छ। गोलि लागेको हो कि हिड्न नसक्दा खान नपाएको पिडा हो छुट्टाउन मुस्किल पर्छ कतै कतै त। एकदम शक्तिशाली कथालाई फितलो चित्रण गरिएको पाइन्छ चलचित्रमा ।

समग्रमा भन्नुपर्दा चलचित्रको कथाबस्तु राम्रो भएपनि चलचित्रले कथाको न्याय गर्न सकेको छैन। जीवनमरणको  दोसाधमा रहेको व्यक्तिको मनोभावना र पिडालाई ससक्त चित्रण गरिएको पाइदैन। चलचित्र दर्शकको  आपेक्षा भन्दा धेरै कमजोर बनेको छ।

रेटिङ्ग : १  / ५  



TAGS : Taandro , Samten Bhutiya , Dayahang Rai , Buddhi Tamang ,


MOVIES THIS WEEK

No Movies!

MOVIES NEXT WEEK

No Movies!