लाउरे बैशाख २८ देखि नेपालभर

रिल नेपाल डटकम । मिस नेपाल सृष्टि श्रेष्ठ अभिनित चलचित्र लाउरे बैशाख २८ गते नेपालभर प्रदर्शनी हुनेभएको छ ।


श्रेष्ठ सहित नरेन लिम्बू र मिरुना मगरको मुख्य भूमिका रहेको चलचित्रलाई दुर्गिश फिल्मसले निर्माण गरेको हो ।


पप गायक लिम्बू यही रोमान्टिक नाटकमार्फत अभिनेताको रुपमा डेब्यु गर्दैछन् । सायद र होस्टल सिरिज निर्माता कम्पनी दुर्गिश फिल्मसले लाउरेको व्यवसायिक र कलात्मक पाटोको सफलतामा विश्वास व्यक्त गरेको छ ।


निर्माता सुनिल रावलले प्रदर्शनीको मिति घोषणा गर्नुभएको थियो । विक्रमसिंह थारु निर्देशित चलचित्रलाई रावल, ईश्वर श्रेष्ठ, सुवास लामिछाने र भेषमणि श्रेष्ठले निर्माण गर्नुभएको हो ।


आलोक शुक्लाको छायाङ्कन रहेको चलचित्रको पटकथा नेगेटिभ बुद्धले लेख्नुभएको हो ।