फ्राईडे रिलिज : नेपाली हलमा इकुको फिर्के तथा राज्जा रानी

इकु ब्याक अगेन बाट पछारिएका इकुले निकै आशा गरेको नयाँ चलचित्र 'फिर्के' तथा  प्रिमियरमा तारिफ कमाएको अर्को चलचित्र ‘राज्जा रानी’ पनि 'फिर्के' संगै शुक्रबारबाट देशभरी एक साथ प्रदर्शनमा आएका छन् |


रवि डंगोलको निर्देशनमा तयार भएको चलचित्र 'फिर्के'मा सुलेमान शंकर, अर्पण थापा, ऋचा शर्मा, क्रिस्टिना पौडेल लगायतका कलाकारको अभिनय रहेको छ । गाउँबाट शहर पसेको एक यूवा कसरि ‘फिर्के’ बन्छ भन्ने कथालाई यो चलचित्रले उठान गरेको छ ।‘इकु’ नामले परिचित सुलेमान यस चलचित्रका प्रस्तुतकर्ता हुन् |

 यता वुधबारमात्रै प्रिमियरबाट प्राप्त तारिफले चलचित्र 'राज्जा रानी' टिम चलचित्रबाट निकै आशावादी रहेको छ | मधेसको गम्भिर बिषयलाई उठान गरिएको चलचित्रमा केकी अधिकारी, नाजिर हुसेन, कामेश्वर चौरासिया लगायतको मुख्य भूमिका रहेको छ | मधेसको दाइजो प्रथाको कथालाई उठान गरिएको चलचित्रमा यम थापाको लेखन तथा निर्देशन रहेको छ | रमेश एम के पौडेलले निर्माण गरेको चलचित्र मिथिला क्षेत्रमा भने मैथिली भाषामा रिलिज भएको छ।


TAGS : Rajja Rani , Firke , Suleman Shankar , Yam Thapa , Rabi Dangol , Keki Adhikari , Najir Hussain ,