फ्राइडे रिलिज : जाडोमा न्यानो दिलाउने पालो ‘मिस्टर झोले’ वा ‘बटरफ्लाई’ ?? कसको ??

चलचित्र ‘मिस्टर झोले’ ‘बटरफ्लाई’ आज शुक्रबारबाट देशब्यापी प्रदर्शनमा आएका दुई नयाँ चलचित्र हुन्। मल्टिप्लेक्स दर्शक लक्षित यी दुई चलचित्र मध्ये 'मिस्टर झोले' २०७० सालमा निर्माण भएको निर्देशक दीपेन्द्र के. खनाल निर्देशित चलचित्र  'झोले' टाईटल ब्रान्डलाई प्रयोग गरि टेकेन खड्का प्रोडक्सन र सिनेमा आर्टले संयुक्त रुपमा निर्माण गरेको चलचित्र हो । 


यस्तै, पुष्पान्जली अधिकारी (सखा), रामशरण राना र भुपेन्द्र सुवेदी निर्माता रहेको चलचित्र ‘बटरफ्लाई’ नायक आर्यन अधिकारी र नायिका प्रियंका कार्कीको मुख्य भूमिका रहेको चलचित्र हो। ओमप्रतिक गुरुङले निर्देशन गरेको चलचित्रमा अर्पण थापा, रविन्द्र खड्का, पुरन थापा, सुष्मा कार्की, सुरविर पण्डित लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । सुरेश बज्रचार्यले चलचित्रलाई खिचेका हुन् |

यता, रौनक बिक्रम कँडेल कार्यकारी निर्माता रहेको 'मिस्टर झोले'लाई शैलेन्द्र डी. कार्कीले छायांकन गरेका हुन् । 'कबड्डी', 'कबड्डी कबड्डी', 'पुरानो डुंगा' लगायतका चलचित्रका निर्देशक रामबाबु गुरुङ निर्देशित 'मिस्टर झोले'मा दयाहाङ राई, वर्षा राउत, दीया पुन, प्रविण खतिवडा, वृद्धि तामाङलगायतका कलाकारहरुको अभिनय रहेको छ । यस वर्षका दुई प्रतिक्षीत चलचित्र ‘मिस्टर झोले’ र ‘बटरफ्लाई’ ले जाडोको मौसममा दर्शकलाई न्यानो दिलाउनु पर्ने चुनौती रहेको छ | 


TAGS : Butterfly , Mr Jholay , Ram Babu Gurung , Om Prateek , Aaryan Adhikari , Priyanka Karki , Dayahang Rai , Diya Pun ,