'जाईरा' : ह्यान्डसम भिलेन र क्युट हिरोइनको कस्तो बन्ला क्यामेस्ट्री???

नायिका नम्रता श्रेष्ठ चलचित्र 'पर्व' पछाडी अन्य कुनै चलचित्रमा ब्यस्त भईनन | तर,आफ्नै निर्माणमा चलचित्र 'जाईरा' बन्ने फिक्स भएपछि यतिबेला उनि शारीरिक ब्यायाम तथा फिटनेसमा ब्यस्त रहेकी छिन् | कारण चलचित्र 'जाईरा'मा उनि बक्सर खेलाडीको भूमिकामा प्रस्तुत हुदैछिन् |


मिस्टर हंकको नामले परिचित अभिनेता अनुपविक्रम शाहीसँग पहिलो पटक नम्रताको जोडी बाँधिने बताइएको चलचित्र 'जाईरा'लाई आशुतोष श्रेष्ठले निर्देशन गर्ने कन्फर्म भइसकेको छ । यसको औपचारिक निर्माण घोषणा भने केहि हप्ताभित्र हुने बताइएको छ |  जे होस्, ह्यान्डसम भिलेन र क्युट हिरोइन बीचको क्यामेस्ट्री दर्शकको प्रतिक्षाको बिषय बन्ने पक्का पक्कि छ |


TAGS : Namrata Shrestha , Anoop Bikram Shahi ,