हुर्रेको आइटम गीतमा नीताको धमाकेदार ठुम्का

आउदो फागुन २५ गतेबाट देशव्यापी प्रदर्शनको तयारीमा रहेको चलचित्र 'हुर्रे’ को दोस्रो गीत रिलिज भएको छ । यसअघि सार्वजनिक भएको ‘ठेकीमा दही’ बोलको गीतले उत्कृष्ट प्रतिक्रिया पाएपछि आइतवार निर्माण यूनिटले ‘बाँचे नी पशुपति मरे नी पशुपति…’ बोलको गीत सार्वजनिक गरेको छ । 

काली प्रसाद बाँस्कोटा र एकतारेको शब्द रहेको गीतमा कालीप्रसादकै संगीत रहेको छ । गीतमा जुमा लिम्बु र गीतकार तथा संगीतकार कालीप्रसादको स्वर सुन्न सकिन्छ । धार्मिक स्थल पुशपति क्षेत्रमा खिचिएको भिडियोमा नायिका नीता ढुंगानाले हट आइटम डान्स गरेकी छिन् । विक्रम स्वाँरको कोरियोग्राफीमा उनीसँगै अंकित खड्का, राजाराम पौडेल लगायतका कलाकारहरुले पनि गीतमा ठुम्का लगाएका छन् । 

केकी अधिकारी, अनुपबिक्रम शाही, संगीता नापित लगायतका कलाकारहरुको मुख्य भूमिकामा अभिनय रहेको चलचित्रमा यम थापाको लेखन/निर्देशन रहेको छ |  

भिडियो हेर्नको लागि यो लिंकमा क्लिक गर्नुहोला !


TAGS : Neeta Dhungana , Bijay Baral , Kali Prasad Baskota , Anoop Bikram Shahi , Yam Thapa ,


MOVIES THIS WEEK

No Movies!

MOVIES NEXT WEEK

No Movies!