'सुश्री सम्पति' : सलोन र साराको जोडी पहिलो पटक पर्दामा

सलोन बस्नेत र सारा सिर्पालीको जोडी पहिलो पटक पर्दामा बाँधिने भएको छ चलचित्र 'सुश्री सम्पति'मा | निर्देशक सुब्रत आचार्यले निर्देशन गर्ने चलचित्रमा 'रुद्र' र 'पिंजडा ब्याक अगेन'मा देखिएकी नायिका सारा सिर्पाली देखिने भएकी छिन् |


सोसल कमेडी जनरा बताइएको चलचित्रमा विनोद न्यौपाने, प्रमोद अग्रहरी, विशारद बस्नेत, प्रेम वर्षा खड्का लगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । सुरेश अधिकारीको सोलो संगीत रहने चलचित्रलाई अर्जुन तिवारीले खिच्नेछन् । रमेश त्वायनाको निर्माण रहने चलचित्रको सह-निर्मातामा निर्देशक सुब्रत पनि रहेका छन् । निर्माता रमेशले यसअघि 'हामी तीन भाई', 'हाँसि देऊ एक फेर', 'अर्जुन देव', 'भरोसा' लगायतका फिल्म निर्माण गरिसकेका छन् । 

 'सुश्री सम्पत्ति'को स्क्रिप्ट अभिमन्यू अभिमन्यू निरवीले तयार पारेका हुन् । भरत रेग्मीको सम्पादन रहने फिल्ममा कविराज गहतराजको नृत्य निर्देशन रहने निर्देशक आचार्यले जानकारी दिए । फागुन पहिलो साताबाट पोखरामा चलचित्रको अधिकांश छायांकन सुरु हुने छ। 


TAGS : Salon Basnet , Sara Shirpali , Subrat Acharya ,


MOVIES THIS WEEK

No Movies!

MOVIES NEXT WEEK

No Movies!