कान्छा निर्देशकको 'हैरान' आउदो जेष्ठ ४ बाट

सौगात विष्ट जो विश्वकै कान्छा चलचित्र निर्देशकको रुपमा परिचित छन्,उनकै निर्देशनमा तयार भएको दोश्रो चलचित्र 'हैरान' आउदो बर्षको जेष्ठ ४ गतेबाट प्रदर्शनमा आउने भएको छ | केहि बर्ष अगाडी 'लव यु बाबा' नामक चलचित्रको निर्देशनबाट नेपाली रजतपटलाई बिश्वसामु चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका बिष्ट चलचित्र 'हैरान'बाट नयाँ जोशका साथ चलचित्र वृतमा उभिएका छन् |  


डान्स फेभरको ब्यानरमा निर्माण भएको चलचित्रमा कार्यकारी निर्माता सम्झना पोखरेल रहेकी छिन् | कमेडी जनरामा तयार पारिएको चलचित्रमा सत्यराज आचार्य, गजित विष्ट, मोहमद वसिम राजा, निश्मा घिमिरे, सरोज खनाल, बुद्धि तामाङ, पुष्कर रेग्मी, एन्जल राई, सागर लम्साल लगायतका कलाकारहरुको अभिनय रहेको छ । 

 

मुक्ति घले, सृष्टि घिमिरे, डाक्टर वाई.एल. लामा निर्माता रहेको चलचित्रमा कथा तथा कोरियोग्राफी गम्भीर बिस्ट, द्वन्द्व चन्द्र पन्त, संगीत सत्यराज आचार्य, स्वरूपराज आचार्य, किरण कँडेल, राजन इशान र सन्तोष श्रेष्ठको रहेको छ भने नवराज उप्रेती र निरज कडेलले चलचित्रलाई खिचेका छन्। 


TAGS : Saugat Bista , Gajit Bista , Satya Raj Acharya , Saroj Khanal , Nishma Ghimire , Buddhi Tamang ,