नाकाबन्दीको कथा बोलेको चलचित्र 'साढे ७' ट्रेलरमा यस्तो (भिडियो सहित)

संबिधान सभा मार्फत नेपालमा संबिधान घोषणा भए लगत्तै २०७२ सालको असोजको पहिलो हप्ताबाट नेपालमाथि भारतले गरेको अघोषित नाकाबन्दीको कथामा निर्माण भएको चलचित्र ‘साढे ७’ को दोस्रो ट्रेलर सार्वजनिक भएको छ । गायक समेत रहेका नायक सत्यराज आचार्यको लिड अभिनय रहेको चलचित्र सत्य-स्वरुप इन्टरटेन्मेन्ट, मौरी इन्टरटेन्मेन्ट, ब्ल्याक पेपर स्टूडियो र एविसी एन्ड एआरसी फिल्म प्रोडक्शनले संयूक्त ब्यानरमा निर्माण भएको चलचित्र हो। 


फागुन ११ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्रलाई साम्तेन भुटियाले निर्देशन गरेका छन्। अन्जु श्रेष्ठ, राजु बोगटी, दीपा ढुंगेल, एलवी टन्डन र विशाल चाम्लिङ चलचित्रका सह-निर्माता हुन् । चलचित्रका प्रस्तुतकर्ता चर्चित कलाकार सुनिल थापा हुन् ।

सत्यसंगै मेनुका प्रधान, कामेश्वर चौरासिया, सुप्रिया कटुवाल, शिशिर बाङ्देल लगायतका कलाकारहरुको अभिनय रहेको चलचित्रमा सत्यराज आचार्यले फोटो पत्रकारको भूमिका निर्वाह गरेका छन् । चलचित्रमा सत्य-स्वरुपको संगीत र अनिस तामाङको छायांकन रहेको छ । 

ट्रेलर हेर्न यो लिंकमा क्लिक गर्नुहोस् :-


TAGS : Satya Raj Acharya , Sworoop Raj Acharya , Sunil Thapa , Samten Bhutiya , Menuka Pradhan ,


MOVIES THIS WEEK

No Movies!

MOVIES NEXT WEEK

No Movies!