दुवै मृगौलाले काम गर्न छाडेपछि गायिका जलजला परियार आर्थिक संकटमा (सहयोगको अपिल)

नेपाली तारा सिजन ३ मार्फत नेपाली सांगीतिक आकाशमा उदाई चलचित्र 'बाटो मुनिको फूल २'मा पार्श्व गायन गरेकी गायिका जलजला परियार यतिबेला दुवै मृगौलाले काम गर्न छाडेपछि त्रिभुवन शिक्षण अस्पतालमा उपचाररत छिन् | अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड न .१ चुत्रावेसीमा जन्मिएकी शास्त्रीय संगीतको अध्ययनसंगै सांगीतिक फाटमा आफ्नो उपस्थिति जनाउदै आएकी परियार यतिबेला उपचारका लागि आर्थिक संकटबाट गुज्रीरहेकी छिन् | 


यस्तैमा नेपाली कलासंगै अन्य क्षेत्रबाट उनको उपचारमा सहयोग गर्नेको ओहिरो लागेको छ | संगीतकार सुनिल मास्केको संयोजकत्वमा १ लाख ३३ हजार ५ सय रुपैयाँ सहयोग जलजलालाई हस्तान्तरण गरिएको छ । संगीतकार मास्केले १० हजार रुपैयाँ दिँदै सहयोगको सुरुवात गरेपछि गीतकार श्रवण जोशी, नूतन भुसाल, योगेन्द्रमणि दाहालले ५–५ हजार रुपैयाँ हस्तान्तरण गरेका थिए । त्यस्तै हाम्रो मुस्ताङ एल्बमको तर्फबाट बादल थकालीले गीतकार विपिन किरणमार्फत ५ हजार दिएका थिए ।


त्यसैगरी संगीतकर्मी किशोर थापा, प्रदीप श्रेष्ठ, सरोज साह, दिलिप पिया, सन्जिव मैनाली, सन्जिब मास्के, अनुप मास्के, साजन साह, बिरेन्द्र श्रेष्ठले ३० हजार रकम जुटाएका थिए । त्यस्तै गायक रामकृष्ण ढकालले दश हजार, गायीका स्मिता दाहाल ५ हजार, गायक त्रिलोक राना ५ हजार, गीतकार खलानको मान्छे अशोक –हाल जर्मनी) बाट ५ हजार, रामलाल श्रेष्ठबाट ५ हजार, सागर श्रेष्ठ (यूएसए)बाट ५ हजार, ऐरेन्जर आमोस तामाङबाट १० हजार, ऐरेन्जर अमुल कार्की र एलिस कार्कीबाट १० हजार, संगीतकार सचिन सिंहबाट ५ हजार, ओमराज लामाबाट १२ हजार ५ सय रकम जम्मा भएको छ ।  अनुप मास्के, अनिल अर्याल, कमल नारायण श्रेष्ठ, कुशल श्रेष्ठ, अमृत भण्डारी, शैलेश श्रेष्ठ, रुपेश मास्के, वीरेन्द्र श्रेष्ठ, उज्ज्वल खड्का, सोनाम बाग्दी लामा, रिसच वन्त, बद्री पाण्डबाट दश हजार रुपैयाँ गरी १ लाख ३३ हजार ५ सय रुपैयाँ जम्मा भएको रकम जलजलाका बुबा नारायण बहादुर दर्जीको हातमा हस्तान्तरण गरिएको थियो ।


त्यस्तै गायिका माण्डवी त्रिपाठीले ५ हजार रकम सहयोग गरेकी छन् भने गायक राजेशपायल राईको संयोजकत्वमा जम्मा भएको ३ लाख ८४ हजार रकम ८ सय ६० रुपैयाँ पनि हस्तान्तरण गरिएको थियो । केही समयअगाडि मात्रै ६८ हजार ६ सय २५ रुपैयाँ संकलित रकम पनि हस्तान्तरण गरिएको थियो । त्यसैगरी कलाकार केदार घिमिरे (माग्ने बुढा)ले पनि ५० हजार सहयोग गरेका छन् भने गायिका सुनिता दुलालले २० हजार सहयोग गरेकी हुन् ।  त्यसैगरी नेपाल आइडलका प्रतियोगी सागर आलेले ५० हजार सहयोग गरेका छन् भने भद्रगोल टीमले ४० हजार सहयोग गरेका छन् । यता,गायिका अन्जु पन्तले कन्सर्टबाट प्राप्त हुने ५० हजार जलजलाको उपचारमा सहयोग गर्ने जनाएकी छिन् | 

हामी सबैको सहयोग ले उनको जिबन बच्न सक्छ | जलजलालाई सहयोग गर्न चाहनेले उनको बुवाको खाता न.मा सहयोग रकम जम्मा गर्न सक्नु हुनेछ |

Global Ime Bank

Account Name: Narayan Bahadur Darji

Account No: 3507010003576

Phone No: 9843603005


TAGS : Bato Muniko Phul - 2 , Ram Krishna Dhakal , Anju Panta , Pratap Das ,


MOVIES THIS WEEK

No Movies!

MOVIES NEXT WEEK

No Movies!