कामना फिल्म अवार्ड २०७४ मा छक्का पन्जाकै बर्चश्व (बिजेता सुची सहित)

सिजी इन्टरटेन्टमेन्टको प्रस्तुतीमा आयोजित यस वर्षको ‘कामना फिल्म अवार्ड २०७४’ मंगलबार राजधानीमा सम्पन्न भएको छ | यस वर्षको उत्कृष्ट फिल्मको अवार्ड ‘छक्का पञ्जा’ ले जितेको छ । 'छक्का पन्जा'ले उत्कृष्ट संबाद, उत्कृष्ट हास्य कलाकार,उत्कृष्ट नृत्य निर्देशक,उत्कृष्ट सहअभिनेता,उत्कृष्ट खलपात्र,उत्कृष्ट पार्श्व गायकसंगै उत्कृष्ट नव निर्देशकको अवार्ड समेत हात पारेको छ |


दर्जनौं सेलिब्रेटी तथा विभिन्न क्षेत्रका बिशिष्ट व्याक्तित्वहरुको उपस्थितीमा सम्पन्न अवार्ड समारोहमा चलचित्र ‘गाजलु’बाट हेमराज बिसीले उत्कृष्ट निर्देशकको अवार्ड जिते भने उत्कृष्ट अभिनेता तर्फ ‘जात्रा’बाट विपिन कार्की उत्कृष्ट बन्दा ‘श्रृजना सुब्बा’ले ‘डाइङ क्यान्डल’बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड जितिन् ।


उता उत्कृष्ट कथातर्फ हेमराज बिसीले ‘गाजलु’बाट अवार्ड जिते, त्यस्तै उत्कृष्ट पटकथामा प्रदिप भट्टराईले ‘जात्रा’बाट अवार्ड जिते। उत्कृष्ट नव अभिनेतातर्फ ‘के म तिम्रो होइन र’बाट आर्यन अधिकारीले अवार्ड जित्दा श्रृष्टि श्रेष्ठले ‘गाजलु’बाट नव अभिनेत्रीको अवार्ड जितिन् । यस्तै सम्पादनतर्फ सुरेन्द्र पौडेलले ‘गाजलु’बाट अवार्ड जित्दा उत्कृष्ट सिनेमाटोग्राफर रविन आचार्य (डाइङ क्याण्डल) घोषित भए ।

को को ले के अवार्ड जिते ??? हेर्नुहोस सुची :- 

(उत्कृष्ट)

फिल्मः छक्का पञ्जा

निर्देशकः हेमराज बिसी ‘गाजलु’

अभिनेताः विपिन कार्की ‘जात्रा’

अभिनेत्रीः श्रृजना सुब्बा ‘डाइङ क्याण्डल’

सह- अभिनेताः जितु नेपाल, छक्का पञ्जा

सह- अभिनेत्रीः गौरी मल्ल, होमवर्क

खलपात्रः दीपकराज गिरी, छक्का पञ्जा

हाँस्य कलाकारः केदार घिमिरे, छक्का पञ्जा

नव निर्देशकः दीपाश्री निरौला, छक्का पञ्जा

नव अभिनेताः आर्यन अधिकारी, के म तिम्रो होइन र

नव अभिनेत्रीः श्रृष्टि श्रेष्ठ, गाजलु

बाल कलाकारः लाक्पा सिघे तामाङः डाइङ क्याण्डल

कथाः हेमराज बिसी, गाजलु

पटकथाः प्रदिप भट्टराई, जात्रा

संवादः दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे ‘छक्का पञ्जा’

छायाँकारः रविन आचार्य, डाइङ क्याण्डल

द्वन्द्व निर्देशकः हिमाल केसी, के म तिम्रो होइन र

सम्पादनः सुरेन्द्र पौडेल, गाजलु

शृङ्गारः सरोज बुढाथोकी, डाइङ क्याण्डल

ध्वनी मिश्रणः उत्तम न्यौपाने, गाजलु

पार्श्व संगीतः एलिश कार्की, के म तिम्रो हिइन र

नृत्य निर्देशनः कविराज गहतराज, छक्का पञ्जा

पार्श्व गायकः कृष्ण काफ्ले, छक्का पञ्जा (सुन न चम्पा)

पार्श्व गायिकाः अञ्जु पन्त, किस्मत २ (यी आँखा लैजाउ)

संगीतकारः कालिप्रसाद बाँस्कोटाः लुट २ (ठमेल बजार)

गीतकारः डा. कृष्णहरी बराल, शब्द (हरपल)

लक्स पपुलर च्वाइस अवार्डः केकी अधिकारी


TAGS : Chhakka Panja , Deepa Shree Niraula , Deepak Raj Giri , Hemraj B.C. , Kali Prasad Baskota , Kabiraj Gahatraj ,