'शत्रु गते'को दोश्रो रोमान्टिक गीतमा पल आँचलको यस्तो क्यामेस्ट्री (भिडियो सहित)

मह सञ्चारको प्रस्तुतीमा निर्माण भएको चलचित्र 'शत्रु गते'को दोश्रो रोमान्टिक फेबरको गित सार्बजनिक भएको छ | पछिल्लो समय नेपाली चलचित्रमार्फत दर्शकमाझ आफ्नो बलियो उपस्थिति जनाउदै आएका नायक पल शाह र आँचल शर्मा स्टारर चलचित्र ‘शत्रु गते’ को ‘पिरतीको बर्को’ बोलको गित युट्युब मार्फत सार्बजनिक गरिएको छ |


प्रेमभाव बोल्ने उक्त गितलाई काली प्रसाद बाँस्कोटाले स्वर तथा संगीत दिएका छन् | गितका शब्द अर्जुन भट्टराईले कोरेका हुन् । प्रविन सिंहले कोरियोग्राफी गरेको उक्त भिडियोलाई दिर्घ गुरुङले खिचेका छन् | हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, राजाराम पौडेल, शिवहरी पौडेल, मदनकृष्ण श्रेष्ठ, किरण केसी लगायतका कलाकारको मुख्य अभिनय रहेको चलचित्र कलाकार किरण केसीले निर्माण गरेका हुन् |

चैत ९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रलाई प्रदीप भट्टराईले निर्देशन गरेका छन् | चलचित्रमा हरिवंश आचार्यको कथा, दीपकराज गिरी र प्रदीप भट्टराईको पटकथा, हरिवंश आचार्य र प्रदीप भट्टराईको संवाद रहेको छ । 

भिडियो हेर्न यो लिंक क्लिक गर्नुहोस् :-


TAGS : Paul Shah , Aanchal Sharma , Hari Bansha Acharya , Deepak Raj Giri , Deepa Shree Niraula , Madan Krishna Shrestha , Pradeep Bhattrai , Kali Prasad Baskota ,


MOVIES THIS WEEK

No Movies!

MOVIES NEXT WEEK

No Movies!