'पद्मावत'को चुनौती स्वीकार्दै हलमा आएका 'शेरबहादुर' र 'पटुकी'को पहिलो दिन सन्तोषजनक

आजबाट प्रदर्शनमा आएका दुई नेपाली चलचित्र 'शेरबहादुर' 'पटुकी'को पहिलो दिनको ओपनिंग सुखद रहेको जानकारी प्राप्त भएको छ | मल्टिप्लेक्स लक्षित चलचित्र 'शेरबहादुर'लाई गत हप्ताबाट प्रदर्शनमा आएको चलचित्र 'पद्मावत'ले चुनौती दिएको छ | तथापी,पहिलो दिनको तुलनामा भोलि शनिबार चलचित्रले राम्रो दर्शक साथ पाउने बिश्वास लिइएको छ |

एक अवकास प्राप्त आर्मीको कथामा आधारित सस्पेन्स थ्रिलर जनरामा बनेको चलचित्र 'शेरबहादुर' मा सुनिल थापा, कर्मा शाक्य, मेनुका प्रधान, रविन्द्र झा लगायतका कलाकारहरुको जमघट छ | प्रियिमरमा उत्कृष्ट तारिफ पाएको 'शेरबहादुर'लाई आर राजवंशीले निर्देशन गरेका हुन् । धिराज प्रोडक्सनको व्यानरमा निर्मित यो फिल्ममा प्रमोद क्षेत्रीको कथा छ । फिल्ममा गौरीशंकर धुनुजु र धिराज राजवंशीको लगानी रहेको छ । 


यता, 'परदेशी' गर्ल रजनी केसी लिड रोलमा रहेको चलचित्र 'पटुकी' नारीप्रधान चलचित्र हो | चलचित्रमा जेम्स विसी, निर्माता म्याक्टेन कालु, दिपक कँडेल, रोजी श्रेष्ठ, हरि गुरुङ लगायतका कलाकारहरुको अभिनय रहेको छ । म्याक्टेन कालुको निर्माणमा बनेको यस फिल्मका सह–निर्मातामा बिर्जन मिजार र कार्यकारी निर्मातामा शिता मिजार रहेका छन् । 

सिंगल थिएटर लक्षित ‘पटुकी’ मा राजनराज सिवाकोटीको संगीत, माक्तेन कालुको शब्द, अभिषेक पौडेलको सम्पादन, सानु कुमार महर्जनको द्वन्द, शिव वि.क.को करियोग्राफी र लक्ष्मण घिमिरेको छायांकन छ । चलचित्रलाई राम नेपालले निर्देशन गरेका हुन् ।


TAGS : Sherbahadur , Patuki , Ram Nepal , Hari Raj Rajbanshi , Sunil Thapa , Rajani K.C. , Karma , Menuka Pradhan , Rabindra Jha , Rajan Raj Shivakoti ,


MOVIES THIS WEEK

No Movies!

MOVIES NEXT WEEK

No Movies!