'नाका'मा भष्मे डनको यस्तो हेयर स्टाइल र शैली (ट्रेलर सहित)

चलचित्र 'पशुपति प्रसाद' 'जात्रा'बाट नेपाली चलचित्रका भर्सटायल अभिनेताको रुपमा परिचित भएका अभिनेता विपिन कार्की अभिनित पछिल्लो चलचित्र ‘नाका’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । शुक्रवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरमा विपिनको हेयर स्टाइल र शैली निकै भिन्न देख्न सकिन्छ । 

 

नेपाल र चीन जोड्ने तातोपानी नाकामा हुने अवैध व्यापार र गुण्डागर्दीको कथा बोकेको यस चलचित्रमा विपिनसँगै रविन तामाङ, थिन्ले लामो, शिव मुखिया, प्रकाश गन्दर्भ, सुजन थापा मगर, राम भजन कमत, अभिषेक सुवेदी, केशव राई लगायतका कलाकारहरुको मुख्य भूमिकामा अभिनय रहेको छ । 

 

फागुन १७ गते राजधानी बाहिर र फागुन १८ गते राजधानी भित्र प्रदर्शनमा आउन लागेको ‘नाका’ मा प्रविन टक्की कार्की र अमित श्रेष्ठको लेखन तथा निर्देशन रहेको छ | 

'नाका'को ट्रेलर यो लिंक क्लिक गरि हेर्नुहोस :



TAGS : Bipin Karki , Robin Tamang , Amit Shrestha ,