‘जात्रा’ को युट्युब रिलिजसंगै 'जात्रा २' बन्ने निश्चित (फुल फिल्म हेर्नुहोस)

गत बर्षको सफल चलचित्र ‘जात्रा’ को सिक्वेल निर्माण हुने भएको छ । आउदो बर्षको जेठ पहिलो साताबाट छायांकन सुरु गरिने भएको छ | यतिबेला 'जात्रा' टिम स्क्रिप्ट छलफलमा ब्यस्त रहेको छ | निर्देशक प्रदीप भट्टराईको लेखन र निर्देशन रहने ‘जात्रा २’ को कथा भने नयाँ हुनेछ । 

‘जात्रा’को अन्त्यबाट सुरु हुने 'जात्रा २' को कथा भने नयाँ हुनेछ । जसमा पुरानै कलाकारहरु दोहोरिने छन् ।वर्षा राउत, विपिन कार्की, रविन्द्र सिंह बाँनिया, रविन्द्र झा लगायतका कलाकारहरु जात्रा २ मा रहनेछन् | रविन्द्र सिंह बाँनियाले 'जात्रा २' निर्माण गर्नेछन् । 

 

यता,सिक्वेल निर्माण हुने पक्कापक्कि भएसंगै शुक्रवार साँझबाट ‘जात्रा’ युट्युबमा रिलिज भएको छ। यस अघि 'सिनेमाघर' नामक एप मार्फत दर्शकले चलचित्र निशुल्क हेर्दै आएका थिए |

लिंक क्लिक गरि हेर्नुहोस चलचित्र 'जात्रा'


TAGS : Jatra , Bipin Karki , Pradeep Bhattrai , Barsha Raut , Rabindra Singh Baniya , Rabindra Jha ,