‘कान्छी म्युजिकल नाइट २०१८’ हुदै : कार्यक्रम माझी बस्ती निर्माण सहयोगार्थ

स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठको स्मृतिमा स्थापित ‘श्वेता श्री’ फाउण्डेशनले माघ २३ गते ‘कान्छी म्युजिकल नाइट २०१८’ तथा रेड कार्पेटको आयोजना गर्ने भएको छ । सिन्धुपाल्चोकको भ्याडीटोलमा निर्माणाधीन माझी बस्ती निर्माणमा सहयोग जुटाउन पाँच तारे होटल अन्नपूर्णमा ‘कान्छी’ टिमसहित नेपाली फिल्म र सांगीतिक क्षेत्रका दर्जनौं व्यक्तिहरुको सहभागीतामा कार्यक्रम आयोजना हुने भएको हो |


कार्यक्रममा फागुन ४ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र 'कान्छी'का मुख्य कलाकार श्वेता खड्कासँगै अभिनेता दयाहाङ राई, चर्चित गायिका अञ्जु पन्त, संगीतकार तथा गायक राजनराज सिवाकोटी, हाँस्यकवि शैलेन्द्र सिम्खडा, गायक युवराज चौंलागाईं, कमेडियन सन्दिप क्षेत्रीले आफ्नो प्रस्तुती दिनेछन् । 

 यस्तै, गायिका माण्डवी त्रिपाठी, संगीतकार तथा गायक अर्जुन पोखरेल, गायक धर्मेन्द्र सेवन, हाँस्यव्यांग्य कलाकार जितु नेपाल, निर्देशक आकाश अधिकारी, वरिष्ठ नृत्य निर्देशक बसन्त श्रेष्ठ, नायिका अशिष्मा नकर्मी, मरिस्का पोखरेल, जेविका कार्की तथा नायक विनोद न्यौपानेको पनि उक्त कार्यक्रममा विशेष प्रस्तुती रहने फाउण्डेशनकी अध्यक्ष श्वेता खड्काले बताइन् |   


TAGS : Kanchhi , Akash Adhikari , Shweta Khadka , Shree Krishna Shrestha , Dayahang Rai ,