‘सुश्री सम्पत्ति’ घोषणा : कस्तो बन्ला सलोन र साराको क्यामेष्ट्री??

चलचित्र ‘अर्धकट्टी’ निर्देशन पश्च्यात लामो समयको अन्तरालपछि संचारकर्मी निर्देशक सुब्रत आचार्यले चलचित्र ‘सुश्री सम्पत्ति’ निर्देशन गर्ने भएका छन् | आइतवार राजधानीमा एक कार्यक्रमका बीच औपचारिक निर्माण घोषणा गरिएको चलचित्रमा युवापुस्तामाझ चर्चित अभिनेता सलोन बस्नेतले ‘रुद्र’ र ‘पिंजडा ब्याक अगेन’ चर्चामा आएकी नायिका सारा सिर्पालीबीचको रोमान्स हेर्न सकिने छ | पर्दामा पहिलोपटक संगै देखिन लागेका सलोन र साराको क्यामेष्ट्री कस्तो बन्ने भन्ने कौतोहल्ता आम दर्शकमा देखिएको छ | 


फागुन १५ गतेबाट छायांकन हुने चलचित्रका अधिकांस दृश्य पोखरामा खिचिने जनाइएको छ | सुख सुविधामा हुर्किएकी एक युवतीको कथा फिल्मले बोल्नेछ । चलचित्रमा नायिका प्रियंका कार्कीको गेस्ट रोल रहने छ । विनोद न्यौपाने, प्रमोद अग्रहरी, राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरी लगायतका कलाकारहरुको पनि चलचित्रमा प्रमुख भूमिका हुनेछ । 


सुरेश अधिकारीको सोलो शब्द र संगीत रहने चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी, भरत रेग्मीको सम्पादन र अर्जुन तिवारीको छायांकन रहने छ । रमेश त्वायना प्रस्तुतकर्ता रहेको ‘सुश्री सम्पत्ति’ को कथा निर्देशक सुब्रत आफैंले लेखेका हुन् । चलचित्रको निर्मातामा विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकार रहेका छन् । 


TAGS : Adhakatti , Subrat Acharya , Salon Basnet , Priyanka Karki , Sara Shirpali , Arjun Tiwari , Binod Neupane ,


MOVIES THIS WEEK

No Movies!

MOVIES NEXT WEEK

No Movies!