'कृ' : स्कटल्याण्डको मनमोहक दृश्यसंगै अनमोल र अदितिको रोमान्टिक मुड (भिडियो हेर्नुहोस)

बर्षकै बहुप्रतिक्षीत चलचित्र ‘कृ’ को प्रदर्शन मिति नजिकिदै गर्दा हालै स्कटल्याण्डमा छायांकन गरिएको चलचित्रको सोलो गित 'जानी नजानी माया'बोलको गितको भिडियो सार्बजनिक गरिएको छ | 


आक्रामक प्रचारप्रसारमा जुटीरहेको कृ युनिटले सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै गित सार्बजनिक गरेको हो | अहिलेका युवास्टार अथवा मनिमेकरको रुपमा चलचित्र क्षेत्रमा पकड बनाएका अभिनेता अनमोल र नव-नायिका अदिती बुढाथोकी फिचरिङ रोमान्टिक गीत सार्वजनिक गरिएको हो। ‘मैले जानी नजानी’ बोलको गीतमा रोदित भण्डारीको स्वर, रोदितकै शब्द तथा रोदित र विशेष पाण्डेको संगीत छ । पुरुषोत्तम प्रधानको छायांकन रहेको यो गीतको भिडियोलाई विक्रम लामा र एन्जिलिना खत्रीले कोरियोग्राफी गरेका हुन्


चलचित्रको ट्रेलर र ‘यति यति पानी’ बोलेको गीतले यतिबेला चलचित्र वृत एबम आमदर्शकमाझ बेग्लै प्रतिक्षाको तगारो बनेर उभिएको छ चलचित्र ‘कृ’ | सुवास इन्टरटेन्मेन्टको ब्यानरमा तयार भएको चलचित्रको प्रस्तुतकर्ता द सुपर काजोल फिल्मस् हो । फिल्ममा सुवास गिरी र भूवन केसीको लगानी छ । कमल गिरी कार्यकारी निर्माता रहेको फिल्मका सह–निर्माता श्री पराजुली हुन् ।

 

अनमोल र अदितीसंगै अनुप विक्रम शाही, कामेश्वर चौरासिया, सरोज खनाल, लक्ष्मी गिरी, रुपा राना लगायतका कलाकारको चलचित्रमा महत्वपूर्ण भूमिकामा अभिनय रहेको छ | चलचित्र यहीँ शुक्रबारबाट अलनेपाल प्रदर्शन हुदैछ |

भिडियो हेर्न यो लिंक क्लिक गर्नुहोस् :


TAGS : Kri , Anmol K.C. , Subas Giri , Surendra Poudel , Bhuvan K.C. , Aditi Budhathoki ,


MOVIES THIS WEEK

No Movies!

MOVIES NEXT WEEK

No Movies!