हास्यकलाकार जोडी धुर्मुससुन्तलीले पूरा गरिदिए मुसहरको सपनाको शहर (फोटो फिचर)

भूकम्पपछि घरबार बिहिन बिपन्न परिवारलाई आश्रय दिन तिन ठाउँमा नमुना बस्ति निर्माण गरेर नेपाल र नेपालीलाई जोड्ने महत्वकांक्षी परियोजना नमुना नेपाल निर्माण आरम्भ गर्नै लाग्दा गत श्रावणमा आएको विनाशकारी बाढीबाट प्रभावित रौतहटको चन्द्रपुर ८ को सन्तपुरमा रहेको दलित बस्तीमा कलाकार सीताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीले निर्माण सुरु गरेको ११५ दिनमै "एकिकृत नमुना सन्तपुर बस्ती" मंगलबार राष्ट्रपति बिद्यादेवी भण्डारीको हातबाट त्यहाँका प्रभावित दलित परिवारलाई हस्तान्तरण गरिएको छ |


गत साउन बाढीले दलित बस्ती पूर्ण रुपले सखाप भए पछि राहत बाँड्दै बस्तीमा पुगेका कलाकार कट्टेल र घिमिरेले मुसहरहरुको विजोग देखेर उनीहरुको लागि घर बनाइदिने बाचा गरेका थिए । वर्षामा चुहिने, बाढी आउदा भाग्नु पर्ने, शितलहरमा कठ्याँग्रीएर मर्नु पर्ने र गर्मीमा बस्नै नसक्ने झुपडीमा पुस्तौदेखी जिन्दगी बिताइ रहेका मुसहरहरुले जीवनमा पक्की घरमा बस्न पाउने आश समेत गरेका थिएनन् । 


खरको छाप्रो ठड्याउन त महाजनसँग ऋण लिनुपर्ने अवस्थाका मुसहरहरुको लागि सुविधा सम्पन्न पक्की भवन सपना मात्र थियो । उनीहरुको लागि धुर्मस सुन्तली फाउण्डेसनले ११५ दिनमै सपनामा समेत कहिल्यै नसोचेको सुविधा सम्पन्न बस्ती बनाइदिएपछि यति बेला उनीहरुको जीवननै परिवर्तन भएको महसुस गरेका छन् ।


मुश्किलले दुई जना बस्न मिल्ने एउटा छाप्रोमा पुस्तौदेखि जीवन बिताएका ४७ घरपरिवार अब सुविधा सम्पन्न दुई तल्ले घरको मालिक बनेका छन् । चर्पी समेतको चिटिक्क परेको चारकोठे घर, सामुदायिक भवन, विद्यालय, मन्दिर, तथा चिल्ड्रेन पार्क समेतको बस्ती मंगलबार एक कार्यक्रमकाबीच राष्ट्रपति विद्यादेवी भण्डारीले मुसहरहरुलाई हस्तान्तरण गरेकी छन् |


बस्तीमा ४७ वटा आवासीय घर, एउटा मन्दिर, विद्यालय भवन, सामुदायिक भवन, बाल उद्यान, भ्यू टावर लगायतका संरचना रहेका छन् । मुसहरहरुका ९४ जना बालबालिका अब बस्तीभित्रकै विद्यालयमा अध्ययन गर्ने छन् | बस्तीमा सफा खानेपानी, बिजुली लगायतको सुविधा रहेको छ । 


आफूहरुको परियोजना सरकारको लागि चुनौती नभई विपदका बेला आम नेपालीले गर्नुपर्ने कर्तव्य भएको कलाकार सीताराम कट्टेल धुर्मसले बताए । ‘राष्ट्रले थालेको पूनर्निर्माणको काम यस्तै कछुवाको गतिमा बढ्ने हो भने अहिलेका पीडितका कुन पुस्ताले सुरक्षित घरमा बस्न पाउने हुन् ? यो आम नेपालीको प्रश्न बनेको छ ।’ हस्तान्तरण समारोहमा बोल्दै धुर्मुसले भने ‘बाढीमा मानिस तैरिरहेको दृश्य कहिले सम्म हेर्ने ? खै त हामीसँग दीर्घकालीन सोच ?’


चन्द्रपुर नगरपालिका वडा नं. ८ सन्तपुर झण्ढै ५ करोड ९५ लाखको लागतमा तयार भएको बस्तीमा सरसफाइ तथा व्यवस्थापनका लागि छुट्टै कोषको व्यवस्था गरिएको छ । बनेका संरचनाहरु सुरक्षित राख्न चारै तर्फबाट कम्पाउण्ड वाल लगाइएको छ । 


मंगलबारको कार्यक्रममा बरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यसंगै बिभिन्न संघसंस्थाका व्यक्तिव,संचारकर्मी लगायतको बाक्लो उपस्थिति रहेको थियो |चलचित्र 'छक्का पन्जा' पछि पर्दामा नदेखिएका धुर्मुस र सुन्तली यतिबेला सामाजिक काममा निरन्तर ब्यस्त रहेका छन् | 'सन्तपुर बस्ति'निर्माणसंगै अब यो जोडी 'नमुना नेपाल'निर्माण परियोजनामा ब्यस्त हुनेछ |


TAGS : Chhakka Panja , Kunjana Ghimire , Sitaram Kattel , Madan Krishna Shrestha , Hari Bansha Acharya ,


MOVIES THIS WEEK

No Movies!

MOVIES NEXT WEEK

No Movies!