मानव तस्करी अभियोगमा राजेन्द्र खड्गी पक्राउ

नेपाली चलचित्रका चर्चित द्वन्दनिर्देशक राजेन्द्र खड्गी मानव तस्करी अभियोगमा पक्राउ परेका छन् | दक्षिण कोरियाको कार्यक्रममा सहभागी गराउने भन्दै मोटो रकम असुलेर विभिन्न व्यक्तिलाई दक्षिण कोरिया लाने गरेको आरोपमा खड्गी बिहिबार सिआइबीद्वारा ठमेलबाट पक्राउ परेका हुन् |

 

१५ भन्दा बढी व्यक्तिसँग रकम असुलेर कोरिया लगी उतै लुकाएको आरोप उनिमाथि लागेको छ | केही दिन अगाडि राजेन्द्र खड्गी विरुद्ध प्रहरीमा उजुरी परेको थियो | खड्गीमाथि अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्यामसमेत लिएको छ ।


TAGS : Rajendra Khadgi ,


MOVIES THIS WEEK

No Movies!

MOVIES NEXT WEEK

No Movies!