'कृ' : अनमोल केसीको बहुप्रतिक्षित चलचित्र आजबाट एकल रिलिजमा

फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारबाट बहुप्रतिक्षित चलचित्र 'कृ' एकल रिलिज भएको छ | युवा स्टार अनमोल केसी अभिनीत यस वर्षको सर्वाधिक बहुप्रतिक्षीत चलचित्र ‘कृ’ एकलौटी देशैभर प्रदर्शनमा आएपनि मल्टिप्लेक्समा भने बलिउडस्टार अक्षय कुमार अभिनीत चलचित्र 'प्याडम्यान' रिलिज भएको छ । 


लगातार चार चलचित्रमार्फत आफ्नो स्टारडमलाई मजबुत बनाउन सफल भएका अनमोल पहिलो पटक 'कृ' मार्फत एक्सन अवतारमा प्रस्तुत भएका छन् । शुक्रवार चलचित्रको ८० प्रतिशतमाथि अकुपेन्सी रहने निर्माण पक्ष र वितरकको अनुमान रहेको छ । 

मंगलवार साँझ बाटै मल्टिप्लेक्समा चलचित्रको बुकिङ खुल्ला गरिएको थियो । अनमोलको क्रेज र चलचित्रको हाइपका कारण ‘कृ’ को इनिसियल व्यापार आक्रामक हुने धेरैको अनुमान छ । यसअघि रिलिज भएका अनमोलका फिल्मले सिंगलभन्दा मल्टिप्लेक्समा राम्रो दर्शक भित्राएपनि यसपटक अक्षय कुमारको ‘प्याडम्यान’ ले गर्दा ‘कृ’ ले मल्टिप्लेक्समा अपेक्षा अनुसार शो पाएको छैन । 


'कृ' मा अनमोलले नव-नायिका अदिती बुढाथोकीसँग स्क्रिन शेयर गरेका छन् । चलचित्र सम्पादक सुरेन्द्र पौडेल चलचित्रका निर्देशक हुन् । सुवास इन्टरटेन्मेन्टको ब्यानरमा द सुपर काजोल फिल्मस् प्रस्तुतकर्ता रहेको चलचित्रमा सुवास गिरी र भूवन केसीले लगानी गरेका छन् | 

चलचित्रमा अनमोल र अदितीसंगै अनुप विक्रम शाही, कामेश्वर चौरासिया, सरोज खनाल, लक्ष्मी गिरी, रुपा राना लगायतका कलाकारको मुख्य भूमिकामा अभिनय रहेको छ |


TAGS : Kri , Anmol K.C. , Surendra Poudel , Aditi Budhathoki , Subas Giri , Bhuvan K.C. ,


MOVIES THIS WEEK

No Movies!

MOVIES NEXT WEEK

No Movies!