‘भ्यालेन्टाइन डे’मा प्रेम गर्नेहरुका लागि ‘लिलिबिली’को टाइटल गित (भिडियो सहित)

भ्यालेन्टाइन डे का दिन प्रेम गर्नेहरुका लागि लक्षित गर्दै यस वर्षको बहुप्रतिक्षीत चलचित्र ‘लिलिबिली’ को शीर्ष गीत सार्वजनिक भएको छ । ‘घुम्न जाउँ इन्जिन गाडीमा’ बोलको गीतमा युवा स्टार प्रदीप खड्का तथा नव-नायिका जसिता गुरुङलाई फिचरिंग गरिएको छ ।

 

प्रेम गर्नेहरुका लागि यो गीत विशेष रहने निर्माण यूनिटको भनाई छ । एस.डी. योगीको स्वर र संगीत रहेको गीतको शब्द एकतारेले लेखेका हुन् । गीतमा सुदिप बरालले स्कटल्याण्डको सौन्दर्य क्यामेरामा कैद गरेका छन् । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा प्रदीप र जसिताको रोचक केमेष्ट्री देखिएको छ । 

 यस्तै, निर्माण टिमले चलचित्रको शीर्ष गीतको डान्स कम्पिटिसन पनि घोषणा गरेको छ । जुनसुकै वर्गका व्यक्तिले उक्त गीतमा नृत्य गरेको भिडियो आफ्नै युट्युब च्यानलमार्फत अपलोड गर्न सक्ने निर्माता गोविन्द शाहीले जानकारी दिए । युट्युबमा सर्वाधिक भ्युज पाउने भिडियोलाई १ लाख नगद पुरस्कार प्रदान गरिनेछ । 


TAGS : Lily Bily , Jashita Gururng , Gobinda Shahi , Milan Chams , Kabiraj Gahatraj , Pradeep Khadka ,


MOVIES THIS WEEK

No Movies!