श्वेता खड्काको 'कान्छी' छिर्यो हल : कृको चापलाई तोड्न सक्ला त ??

सातादिनसम्म पनि उस्तै दर्शक चापका साथ प्रदर्शन भैरहेको युवास्टार अनमोल केसी अभिनित चलचित्र ‘कृ’संग शुक्रबारबाट श्वेता खड्काको चलचित्र 'कान्छी' हल छिरेको छ | ‘कृ’ ले दोस्रो हप्तामा ६० बढी हलमा कब्जा जमाए पनि ‘कान्छी’ ले मल्टिप्लेक्स बाहेक झन्डै ६० कै आसपासमा पर्दा पाएको छ |


अभिनेता श्रीकृष्ण श्रेष्ठको निधनपछि पहिलो पटक चलचित्रमार्फत पर्दामा देखिएकी खड्का यस चलचित्रकी निर्मात्रीसमेत हुन् ।‘चरी चट्ट परि’ र ‘ए कान्छी’ गीतको लोकप्रियताले पनि चलचित्र ‘कान्छी’ ले दर्शकको राम्रो साथ पाउने छनक देखिएको छ । चलचित्रमा अभिनेत्री खड्कासंगै दयाहाङ राईको प्रमुख भूमिकामा अभिनय रहेको छ |

स्वर्गीय श्रीमान तथा अभिनेता श्रीकृष्ण श्रेष्ठको सम्मानका लागि निर्माण गरिएको चलचित्रलाई आकाश अधिकारीले निर्देशन गरेका हुन् । ग्रामीण भेगकी कान्छीको कथा बोकेको चलचित्रमा अनु शाह, प्रज्जवल सुजल गिरी र तेश्रोलिङ्गी अभियान्ता भूमिका श्रेष्ठको पनि अभिनय रहेको छ । शैलेश खड्का निर्माता रहेको फिल्ममा रविन खड्का सह-निर्माताको रुपमा रहेका छन् ।


हाउसफुल प्रदर्शन भैरहेको 'कृ' को क्रेजलाई 'कान्छी'ले तोड्न सक्छ या सक्दैन,त्यो हेर्न बाँकी छ | यसो त स्तरीय चलचित्र निर्माण भएमा नेपाली चलचित्रको बजार अझैपनि राम्रो छ | दर्शकको साथ पाउन चलचित्रको कथावस्तु एबम स्तरीयतानै प्रमुख पक्ष हो भन्दा कोहि गलत हुदैन |


TAGS : Kanchhi , Shweta Khadka , Shree Krishna Shrestha , Dayahang Rai , Akash Adhikari ,


MOVIES THIS WEEK

No Movies!