दोलखामा बन्ने भयो फिल्मसिटी : महिना दिनभित्रै डिपिआर टेण्डर

लामो समयदेखि थाती रही राखेको फिल्मसिटीको कल्पना अब साकार हुने छाटकाँट देखिएको छ | दोलखा जिल्लाको भिमेश्वर नगरपालिका ९ स्थित लाकुरीडाँडाको डाङडुङे डाडामा निर्माण हुन लागेको अन्तराष्ट्रिय फिल्म सिटीको बिहीबार पूर्व सञ्चारमन्त्री मोहन बस्नेत र चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौड्यालले संयुक्त रुपमा शिल्यान्यास गरेका छन्।


फिल्म सिटी निर्माणको लागि दोलखा उपयुक्त नभएको भनाइहरु सार्वजनिक भइरहेको बेला चलचित्र विकास बोर्डले आयोजनास्थलको शिल्यान्यास गराएर काम अगाडी बढाएको हो । फिल्म सिटीको शिल्यान्यास गर्दै पूर्वमन्त्री बस्नेतले फिल्म सिटी निर्माणको लागि बाटो खुलेको भन्दै कुनै पनि सरकारले रोक्न नमिल्ने बताए । उनले फिल्मसिटीको लागि प्राकृतिक, भौतिक दृष्टिकोणले दोलखा उपयुक्त रहेको बताउदै स्थानीयस्तरबाट पनि पर्याप्त रुपमा सहयोग गर्न आवश्यक रहेको बताए । फिल्म सिटी निर्माण पछि दोलखा र सिन्धुपाल्चोक जिल्लाको विकासले फड्को मार्ने बताउदै दुबै जिल्लाका जनप्रतिनिधिहरु पनि फिल्म सिटी निर्माणमा एकजुट हुन आवश्यक रहेको धारणा व्यक्त गरे ।

फिल्म सिटी निर्माण स्थलको स्थलगत अध्ययन गरेपछि चलचित्र विकास बोर्डका अध्यक्ष निकिता पौड्यालले प्राकृतिक सुन्दरताको धनि जिल्लामा फिल्म सिटी बनाउन आफूहरु लागि पर्ने बताए । फिल्म सिटीको शिल्यान्यास गरेर पहिलो चरण पार गरेको बताउदै एक महिना भित्रमा डिपिआर निर्माणको लागि टेण्डर गर्ने समेत उनको भनाई थियो ।


फिल्म सिटी निर्माणको लागि सम्भाव्यता अध्ययन समेत सार्बजनिक भइसकेको छ । प्रतिवेदनमा दोलखामा फिल्म सिटी निर्माणको लागी उपयुक्त स्थान भएको उल्लेख गरिएको छ । प्रतिवेदनमा विश्वकै अग्लो स्थानमा बन्न लागेको फिल्म सिटी आफैंमा निकै महत्वपूर्ण रहेको भन्दै केहि प्राविधिक विषयलाई मिलाउन सके फिल्म सिटी निर्माण गर्न सकिने जनाएको छ । राजधानीबाट ११० किलोटिरको दुरीमा रहेको सो स्थानसम्म आइपुग्ने सडकको स्तरोन्नती पहिलो चरणको प्राथमिकतामा राखेर काम गर्न सुझाव दिइएको छ ।

प्रतिवेदनमा फिल्म सिटीको सम्पुर्ण भौतिक संरचना निर्माणको लागी १ अर्ब ६ करोड ३७ लाख रुपैयाँ लाग्ने प्रारम्भीक अनुमान गरिएको छ । सरकारले फिल्म सिटी निर्माणको लागि करिब ३ करोड रुपैया खर्च गरिसकेको छ । दोलखा जिल्ला आफैंमा खुल्ला फिल्म सिटी भएको बताउदै प्राकृतिक श्रोत साधनलाई बढी मात्रामा उपभोग गर्न सकिने जनाएको छ । नेपालमै पहिलो पटक बन्न लागेको फिल्म सिटी निर्माण भएपछि चलचित्र निर्माणकर्मीहरुलाई धेरै राहत मिल्ने छ | 


TAGS : Nikita Poudel , Uddhab Poudel , Akash Adhikari , Pradeep Kumar Udaya , Subas Giri ,


MOVIES THIS WEEK

No Movies!