दाइजोको पीडा झल्काउदै रिलिज भयो 'भोर' टिजर (टिजर सहित)

नेपालको तराई क्षेत्र अझ भनौ भित्रि मधेशमा व्यापक समस्याको रुपमा रहेको दाइजो प्रथाको यथार्थ कथालाई पर्दामा उतारिएको चलचित्र 'भोर'को टिजर रिलिज गरिएको छ। टिजरमा दाइजोको पीडा झल्काइएको छ । 


आगामी बैशाख २१ बाट सार्वजनिक प्रदर्शनमा आउने चलचित्रलाई दुई बर्ष अगाडी एतिहासिक कथावस्तुमा निर्माण भई सफलताका साथ प्रदर्शन भएको चलचित्र ‘झोला’ का निर्देशक यादवकुमार भट्टराईले निर्देशन गरेका हुन् |  

कृष्ण धारावासीको कथामा निर्मित चलचित्रमा रामनारायण ठाकुर, अनिता रानी मण्डल, राजेश सक्सेना, बि एन पटेल, डली सरकार, प्रमेश झा, बटुक राज मिश्र, अनिता देव, पुजा कर्ण लगायत कलाकारहरुको अभिनय रहेको छ | चलचित्रलाई राज तिमल्सिना र राम गोपाल थापाले निर्माण गरेका हुन् | 

चलचित्रको टिजर हेर्न यो लिकंमा क्लिक गर्नुहोस् :-


TAGS : Bhor , Yadav Bhattarai , Ram Narayan Thakur , Raj Timalsina , Anita Rani Mandal , Doli Sarkar , Pramesh Jha , Anita Dev , Puja Karna , Krishna Dharabasi ,


MOVIES THIS WEEK

No Movies!