कामेश्वरको कमेडी तड्काले भरिएको 'अमेरिका बोइज' टिजर

कलाकार कामेश्वर चौसारियाको अभिनयलाई मन पराउने दर्शकका लागि पुन: हास्य जनराको चलचित्र ‘अमेरिका बोइज’ आउदो बर्षको जेष्ठ १८ गतेबाट प्रदर्शन हुने भएको छ | जसको कमेडीले भरिएको टिजर सार्बजनिक गरिएको छ |


प्रवेश पौडेलको निर्देशनमा तयार भएको चलचित्रमा कामेश्वर चौसारियाको कमेडी रोललाई फोकस गरिएको छ | चलचित्रमा सन्दिप क्षेत्री, सुनिल थापा, हरिहर शर्मा श्रृष्टी कार्की, अभय बराल, आशिश प्रसाईँ, शारदा गिरी लगायतका कलाकारको पनि अभिनय हेर्न सकिनेछ ।  

प्रकाश भुजेल र इन्द्र प्रसाद खरेल निर्माता रहेको फिल्मको लागत दुई करोड रहेको बताइएको छ । समिर खरेल फिल्मका कार्यकारी निर्माता हुन् । अनुप थापा, यमुना खरेल र राज केसी सह-निर्मातामा रहेका छन् ।  ३ युवाले गर्ने एउटा गल्तीबाट उत्पन्न हुने समस्याको कथा बोल्ने चलचित्रमा दीपक आरजे र जयन जे वाइवाको संगीत छ । 

यस्तो छ चलचित्रको टिजर :


TAGS : del - America Boys , Arpan Thapa , Sunil Thapa , Kameshwor Chaurasia , Sandip Chettri ,



MOVIES NEXT WEEK

No Movies!