Logo of reelnepal.com

चम्किन नसकेकी सारिका, अब भर छ 'रामकुमारी' को !


Published on 2073-2-32

'रक्षा' चलचित्रबाट नेपाली चलचित्रक्षेत्रमा नायिकाको रुपमा डेव्यू गरेकी सारिका घिमिरेले आधा दर्जन बढि चलचित्रमा काम गरिसकेकी छिन् । सारिकाले चलचित्र 'रक्षा'पछि 'आगो २', 'ट्वान्टी सेवेन आवर', 'रक्तभोग' र 'रामकुमारी' चलचित्रमा काम गरिन् । 'रक्षा', 'आगो २' र 'ट्वान्टी सेवेन आवर' प्रदर्शनमा आइसकेका छन् भने अन्य केहि चलचित्र अझै पनि प्रदर्शनको प्रतिक्षामा रहेका छन् । तिन चलचित्र प्रदर्शनमा आइसक्दा जसरी सारिकाको फिल्मी यात्राले मोड लिनु पर्थ्यो त्यो भने हुन सकेको छ । उनलाई चलचित्र 'आगो २' बाट निकै आश थियो तर उक्त चलचित्र पनि असफल भएपछि हाल उनी खाली छिन् भन्दा फरक पर्दैन । केहि दिन अगाडी मात्र झमक घिमिरेको चर्चित पुस्तक 'जीवन काँडा की फूल'मा आधारित भएर निर्माण भएको चलचित्र 'जीवन काँडा की फूल'को छायाँकन सकाएपछि हाल उनी फुर्सदिलो छिन् । छोटो समयमा चलचित्रको प्रमुख पात्रको रुपमा पर्दामा देखिसकेकी सारिका अब भने राम्रो स्क्रिप्ट र राम्रो व्यानरको खोजीमा रहेको बुझिएको छ । तर लगातार उनले अभिनय गरेको चलचित्र असफल भएपछि उनलाई आफ्नो चलचित्रमा लिन निर्माताहरु पनि डराइरहेका छन् । चाँडै प्रदर्शन हुन लागेको चलचित्र रामकुमारीबाट केहि आश गरेकी सारिकाको फिल्मी यात्रा अब चलचित्र रामकुमारीले नै तोक्छ भन्दा फरक नपर्ला । म्युजिक भिडियोभन्दा पनि चलचित्रलाई बढि प्राथमिकता दिदैं आउने सारिकाले चलचित्र रामकुमारीमा दुई गीत समेत आफैले लेखेकी छिन् । 

THIS WEEK

NEXT WEEK