Logo of reelnepal.com

विपिन देखी बर्षासम्मले गर्दैछन् 'जात्रा'


Published on 2073-2-32

षट्कोण आर्टस् प्रा.ली. को व्यानरमा निर्माण हुन लागेको चलचित्र 'जात्रा'को छायाँकन असार ५ गतेदेखी सुरु हुने भएको छ । इन्द्रचोक, असन लगायतका क्षेत्रमा छायाँकन हुने बताइएको यो चलचित्रमा विपिन कार्की, रविन्द्र सिंह बानियाँ, रविन्द्र झा, बर्षा राउत, प्रकाश घिमिरे, प्रवीण खतिवडा, भोलाराज सापकोटा लगायतका कलाकारहरुको मुख्य भुमिका रहनेछ । प्रदिप भट्टराईको लेखन र निर्देशन रहेको यो चलचित्रलाई रविन्द्र सिंह बानियाँले निर्माण गर्न लागेका हुन् । काठमाडौंको असन गल्लीमा तिनजना पसलेको दुख-सुखको पाटोलाई प्रस्तुत गर्न लागेको चलचित्र 'जात्रा'लाई आउँदो कात्र्तिक १९ गते प्रदर्शन गरिने लागेको निर्देशक भट्टराईले जानकारी दिए । दिर्घ गुरुङ्गको छायाँकन रहने यो चलचित्रमा मित्र डि. गुरुङ्गको सम्पादन, सफल केसीको मुख्य सहायक निर्देशन र शंकर महर्जनको द्धन्द्ध रहने छ । चलचित्र निर्माणका लागि कार्यकारी निर्माता रविन्द्र सिंह बानियाँलाई सिङ्गे लामा र यादव पौडेलले सघाएका छन् । 

THIS WEEK

NEXT WEEK