'अझै पनि, ईन्ड क्ल्याप'मा किन भयो भुवन केसीको चासो ?

सफल निर्माता समेत रहेका अभिनेता भुवन केसी आफू संग्लन रहेको प्रोजेक्ट बाहेक अरु फिल्मको प्रचारमा सहभागी हुँदैनन थिए तर मंगलबार साँझ भने दृश्य अर्के देखियो ।


भाई बुहारी सहित भुवन अझै पनि फिल्मको ईन्डक्ल्याप पार्टीमा दुई घण्टा सम्म बसेका थिए । आलोक नेम्वाङ निर्देशित अझै पनिलाई नेपाली फ्लेवरको फिल्म भनिएको छ ।


पार्टीमा रमाईरहेका बेला भुवनले पत्रकारहरुसंग भनेका छन् यो फिल्मका प्रोड्यूसर ज्यूहरुसंग मेरो राम्रो चिनजान रहेकाले मलाई तपाईहरुले यहाँ देख्नु भएको हो । एक हप्ता पछि अमेरिका भ्रमणका लागि निस्कने तयारीमा रहेका भुवनले रिलिज समयमा पनि अझै पनिको प्रोमोशनमा हिड्ने योजना रहेको बताएका छन् ।


४४ दिनमा फिल्मको सुटिङ सकिएपछिको पार्टीमा वितरकहरु सुनील मानन्धर, प्रदीप कुमार उदय, सुरेश दर्पण पोखरेल सहित गोपाल कायस्थ पान परागको पनि उपस्थिती थियो । तर विपरित धु्रबका दुई वितरक सुनील मानन्धर र प्रदीप उदयको सो पार्टीमा बोलचाल समेत भएन ।


सोसल लभस्टोरी फर्मुला भित्र रहेर बनेको अझै पनिमा सुदर्शन थापा, पुजा शर्मा, सुरछा पन्त, प्रमिला खनाल, विपना धिमाल, पुष्प खड्का, विशाल ढुंगाना, बिजय लामा, मिथिला शर्मा सहित रामशरण पाठकलाई मुख्य भूमिकामा देख्न पाईन्छ।


यहि बर्ष प्रदर्शन उद्देश्य बनाईएको अझै पनिलाई चर्चाको शिखर टेक्ने प्रयासमा रहेका राजेश श्रेष्ठले छायाकंन गरेका हुन ।फिल्ममा महेश खड्का, हरि लम्साल, राजनराज सिवाकोटी र सचिन सिंहका पाँच संगीत छन् । कष्ट्यूम डिजाईनर समेत रहेकी पुनम गौतम र सुदर्शन थापा यस फिल्मका लगानीकर्ता हुन ।


TAGS : Arunima , Naata , Sunil Mishra ,


MOVIES THIS WEEK

No Movies!

MOVIES NEXT WEEK

No Movies!