यथार्थपरक विषयको पुनर्जन्म । ट्रेलर र गीत सार्वजनिक ।

 फागुन २२ गतेबाट अल नेपाल रिलिज हुने चलचित्र ‘पुनर्जन्म’ले मंगलवार राजधानीमा पत्रकार सम्मेलन गर्दै ट्रेलर र गीत सार्वजनिक गरेको छ । कार्यक्रममा फिल्मका निर्माता मोहनकृष्ण श्रेष्ठले फिल्मले द्वन्द्वकालमा सैनिकको परिवारमा घटेको घटनालाई यथार्थपरक रुपमा फिल्ममा प्रस्तुत गरिएको जानकारी दिए । अभिनेता आर्यन सिग्देलले फिल्मले व्यावसायिकता भन्दा पनि सत्यपरक विषयलाई उठान गरिएको बताए ।


अर्का अभिनेता गजित विष्टले सैनिकको जीवनमा द्वन्द्वले पारेको प्रभावसागै फिल्मले कार्यक्षेत्रमा सैनिकको साथीभाई प्रतिकेा भावना र मायाप्रेमलाई समेटेको जनाए । अभिनेत्री केकी अधिकारीले सैनिक अधिकृतको जीवनमा आउने उतारचढाव र त्यसले उसको वैवाहिक जीवनमा पार्ने प्रभावलाई फिल्मले प्रस्तुत गरेको बताईन् । फिल्मका निर्देशक तथा सम्पादन सजन श्रेष्ठले शुरुमा सर्ट फिल्म बनाउन लागे पनि त्यसको कथालाई नयाा तरिकाले प्रस्तुत गरेर फिल्म बनाएको खुलाए ।


एमके इन्टरटेनमेन्ट प्रा.लि.को व्यानरमा निर्माण भएको चलचित्रमा मोहनकृष्णसँगै भद्रबहादुर शाहीको समेत लगानी रहेको छ । चलचित्रमा सुस्मिता शाही, विजय लामा, मिथिला शर्मा, लक्ष्मी गिरी, रश्मी भट्ट, देशभक्त खनाल र रुष्मा श्रेष्ठलगायतको अभिनय रहेको छ ।

 सुदर्शन श्रेष्ठको कथा र पटकथा रहेको फिल्ममा बसन्त सापकोटा र जयन्त शर्माको संगीत, कविराज गहतराजको कोरियोग्राफी, अष्ट महर्जनको द्वन्द्व र शिव ढकाल तथा नवराज कृष्ण थापाको छायांकन रहेको छ ।


चलचित्रको ट्रेलर हेर्नुहोस:-


MOVIES THIS WEEK

No Movies!

MOVIES NEXT WEEK

No Movies!