‘चकलेट': सडक बालबालिकाको कथामा आधारित चलचित्रको ट्रेलर र गीत सार्वजनिक ।

निर्मल शर्मा ‘गैडा’ले निर्देशन गरेको चलचित्र ‘चकलेट’को ट्रेलर र गीत सार्वजनिक गरिएको छ । आज काठमाण्डौको कुमारी हलमा आयोजना गरिएको कार्यक्रममा चलचित्रको पहिलो अनुहार सार्वजनिक गरिएको हो । सडक बालबालिकाको कथामा आधारित यो चलचित्रमा पूजना स्त्रि, आयुष्मान घिमिरे, नम्रता झा, सुमन गैरे लगायतका कलाकारको अभिनय छ ।


यस फिल्ममा निर्मात्रीको रुपमा समेत रहेकी नायिका पूजना स्त्रीले पनि आफ्नो प्रयासलाई साथ् दिन आग्रह गरिन । ‘यो फिल्ममा मैले अन्य झैँ रोमान्स मात्र नभई एउटा सडकमा हुर्केकी केटिको समस्यालाई चित्रण गरेकी छु र आशाबादी छु यहालाई मन पर्नेछ’ पुजनाले उपस्थित रङ पत्रकारको सम्बोधनमा यी शब्द खर्च गरिन ।

ट्रेलर सार्वजनिक कार्यक्रममा  कलाकारहरु दीपाश्री निरौला, दिपकराज गिरी पुगेका  थिए । कार्यक्रममा बोल्दै निर्देशक निर्मल शर्माले आफूले यो चलचित्रमा मिहिनेत गरेकाले दर्शकलाई हेरिदिन आग्रह गरेका थिए ।



MOVIES THIS WEEK

No Movies!

MOVIES NEXT WEEK

No Movies!