'नाई नभन्नु ल ३': कम्मर माथी पटुकी पटुकी बोल को नयाँ गीत रिलिज भएको छ ।

अघिल्ला दुई सिक्वललाई विकास आचार्यले निर्देशन गरेतापनि 'नाई नभन्नु ल ३'लाई भने विकासका असिस्टेन्ट मुस्कान ढकालले एक्सन कट गरिरहेका थिए 

 

चैत्र २७ देखि प्रर्दशन हुने फिल्म नाईँ नभन्नू ल ३ को नयाँ गीत रिलिज भएको छ । कम्मर माथी पटुकी पटुकी माथी घैला बोलको गीतमा प्रियंका कार्की र आर्यन सिग्देल फिचर छन् । लोक शैलीको गीतलाई नयाँ गायिका मेलिना राईले गाएकी हुन भने म्युजिक बसन्त सापकोटाको रहेको छ  । यस्तै  लिरिक्स एक नारायण भण्डारीको हो भने कोरियोग्राफी कविराजको रहेको छ  नयाँ गीत रिलिज भएको छ । 

आर्यन सिग्देल,प्रियंका कार्की,सुरजसिंह ठकुरी,संयम पुरी,संचिता लुइँटेल,गरिमा पन्त,आश्मा डीसी,बसन्त भट्टसंगै बाल कलाकार अनुभव रेग्मी,सफल्ता भट्टराई र अश्रिया भट्टराईको अभिनय रहेको चलचित्रलाई विकास आचार्यले लेखेका हुन् भने चलचित्रमा लगानी समेत उनैले गरेका छन् | 

पुरुशोत्तम प्रधानले खिचेको चलचित्रमा 'स्टुपिड मन'का निर्माता एवंम अभिनेता निरज बराल र उत्तम केसीले अथिति भूमिकामा अभिनय गरेका छन् | वान टाईम सिनेमाको ब्यानरमा निर्माण भैरहेको चलचित्रमार्फत चार बर्षपछि संचिताले नेपाली रजतपटमा कमब्याक गरेकी छिन् | 



MOVIES THIS WEEK

No Movies!