गरिमालाई कसले बनायो 'बेसरम' (भिडियो)

असार १७ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र 'तीन घुम्ती' को नयाँ गीत सार्वजनिक भएको छ । 'फूलझैं नरम, घामझैं गरम बनायो' बोलको सार्वजनिक गीतमा गरिमा पन्त र सुशान्त कार्की देखिएका छन् । कृष्णहरि बरालको शब्द, वसन्त सापकोटाको संगीत तथा प्रल्हाद तिमल्सिना र मिलन अमात्यको स्वर रहेको छ। नेपाली कांग्रेसका चर्चित नेता स्व.विपी कोइरालाद्वारा लिखित उपन्यास तीन घुम्तीमा गरिमा र सुशान्तका अलवा ध्रव दत्त, भुवन चन्द, मदनदास श्रेष्ठ, लक्ष्मी गिरी, तीर्थ थापाको अभिनय छ । चलचित्रमा सामिप्यराज तिमिल्सिनाको पटकथा तथा संवाद, रामेश्वर कार्कीको छायांकन, विपिन मल्लको सम्पादन, बसन्त सापकोटाको संगीत, डाक्टर कृष्णहरि बरालको गीत छ । बाबुराम ढकालको निर्देशनमा तयार भएको यो चलचित्रमा कर्मा प्रोडक्शनको लगानी छ ।



TAGS : Garima Panta ,


MOVIES THIS WEEK

No Movies!

MOVIES NEXT WEEK

No Movies!