पोष्टरमा अनमोलको लडाई अनमोलसँगै, आमाले पनि पछ्याइन छोराकै शैली

मनिष अन्जान | नेपाली चलचित्रको पोष्टर भनेको त्यो चलचित्रको एउटा अभिन्न अंग नै हो । पोष्टरले दर्शकहरुमाझ चलचित्रलाई परिचित गराउने काम गर्ने भएका कारणले गर्दा पनि निर्माणपक्ष पोष्टरलाई विशेष प्राथमिकतामा दिने गर्छ । त्यसैले गर्दापनि चलचित्रको निर्माणपक्षले विदेशी चलचित्रका पोष्टरहरुको शैली अपनाउँदै नेपाली चलचित्रको पोष्टर बनाउने कुरा हामीले बेला बखतमा राम्रैसँग सुन्ने र हेर्ने गरेका छौ । भनिन्छ, चलचित्र कस्तो छ त्यो चलचित्रको पोष्टरबाट नै थाहा हुन्छ । त्यसैले पनि केहि निर्माताहरु नयाँ नयाँ शैली अपनाएर चलचित्रको पोष्टर तयार गर्ने गर्छन । यहि अबस्थामा नेपाली चलचित्र क्षेत्रमा पनि अहिले एकै किसिमका चलचित्रका पोष्टरहरु तयार भइरहेको देख्न सकिन्छ । अझ भनौ लभस्टोरी चलचित्रका पोष्टरहरु भने प्राय अधिकांशको एउटै भएको पाइन्छ । लभस्टोरी चलचित्रका पोष्टरमा चलचित्रका नायक नायिका एकसाथ उभिएका तस्विरहरु पछिल्लो समय धेरै नेपाली चलचित्रका पोष्टरहरुमा देखिएको छ । नयाँ शैली अपनाउने भन्दा पनि लभस्टोरी चलचित्रमा एक नायक र एक नायिका पोष्टरमा उभ्याइदिए राम्रो देखिन्छ भन्ने सोचले अहिले धेरै निर्माताहरुले उहिँ एउटै शैली अपनाइरहेका छन् । यो कुरालाई स्पष्ट पार्न हामीले एउटै शैलीमा तयार भएका तिन चलचित्रको कुरा गर्दैछौ । ति चलचित्रका नाम हुन 'ड्रिम्स', 'गाजलु' र 'म त तिम्रै हुँ' । यि तिनै चलचित्रका पोष्टर एकै किसिमको रहेको देख्न सकिन्छ । चलचित्र 'ड्रिम्स' मा अनमोल केसी अभिनेत्री साम्राज्ञी लक्ष्मी शाहसँग रोमान्टिक मुडमा देखिएको देख्न सकिन्छ भने चलचित्र 'गाजलु' मा पनि अनमोल अभिनेत्री सृष्टि श्रेष्ठको साथमा देखिएका छन् । यि दुवै चलचित्रको पोष्टर हेर्दा सबैले एउटै अनुमान लगाउन सक्छन् की यि दुवै चलचित्रको पोष्टर एकै किसिमका छन् । यस्तै अनमोल केसीकी आमा सुस्मिता केसीले निर्माण र अभिनय गरेको चलचित्र 'म त तिम्रै हुँ' को पोष्टर पनि 'ड्रिम्स' र 'गाजलु' को जस्तै देख्न सकिन्छ । चलचित्र 'म त तिम्रै हुँ' को पोष्टरमा पनि चलचित्रका दुई मुख्य कलाकार ज्योत्सना योगी र आकाश खड्का देखिएका छन्, जसलाई अनमोल केसीकै स्टाइलमा देखाइएको छ । तर अनमोल यि तिनै चलचित्रसँग स्वय आफै सहभागी छन् । चलचित्र ड्रिम्स र गाजलुमा उनको आफ्नै अभिनय रहेको छ भने चलचित्र म त तिम्रै हुँ लाई लगानी गरेका छन् । चलचित्र म त तिम्रै हुँ लाई अनमोलकी आमा सुस्मिता केसीले निर्माण गरेपनि उनले अनमोलको नाममा नै चलचित्र नर्माण गरेकी हुन् । यि तिन चलचित्र उदारहण मात्र हुन् यस्ता धेरै चलचित्रहरु छन् जसले पछिल्लो समय अनमोल केसीले अभिनय गरेको चलचित्रका पोष्टरकै शैली अपनाएको पाइन्छ । यस्तो गर्दा दर्शकहरुले पुरानै शैलीका पोष्टरहरु हेर्दा दिक्दार मान्न सक्छन् । पोष्टर एकैशैलीको हुँदा पनि दर्शकहरु केहि भाँडिने सम्भावना पनि प्रवल हुन्छ ।  



TAGS : Anmol K.C. ,


MOVIES THIS WEEK

No Movies!

MOVIES NEXT WEEK

No Movies!