नगरकोटको सुन्दरताले मोहनी लगायो सलमानकी हिरोइनलाई

गएको बिहिबार भारतबाट नेपाल आएकी बलीउड अभिनेत्री बुर्ना अब्दुल्ला अहिले नगरकोटको सुन्दरतामा रमाइरहेकी छिन् । बिहिबार काठमाडौं आएपछि उनी बौद्धस्थित हायात रिजेन्सीको क्यासिनो प्राइडले आयोजना गरिएको एक कार्यक्रममा सहभागि भएकी थिइन । त्यसपछि उनी घुम्नका लागि सिधै नगरकोट पुगेकी हुन् । उनले आफ्नो आधिकारी ट्विटरमा जानकारी र इन्स्ट्राग्राममा तस्विर हालेको देख्दा उनी नगरकोटको सुन्दरतासँग निकै रमाइरहेको बुझ्न सकिन्छ । केहि मिनेट अघिको इन्स्ट्राग्राम पोष्ट हेर्ने हो भने हाल उनी नगरकोटको क्लब हिमालय नामक होटलमा बसेकी छिन् । बलीउड अभिनेता सलमान खान अभिनित चलचित्र 'जय हो' की सह-अभिनेत्री बुर्ना अब्दुल्ला अबको केहि दिन भित्रै भारत प्रस्तान गर्दैछिन् । ब्राजिलमा जन्मिएकी अभिनेत्री बुर्नाले मुम्बईमा मोडलिङ करियरबाट फिल्म यात्रा सुरु गरेकी हुन्। उनले 'क्यास', 'आई हेट लभ स्टोरी', 'देसी ब्वाईज्', 'ग्रान्डी मस्ती' र 'जय हो' लगायत बलिउड फिल्महरुमा अभिनय गरिसकेकी छिन्। 

बुर्ना अब्दुल्लाको ट्विटर हेर्नका लागि यो लिंकमा क्लिक गर्नुहोस् इन्स्ट्राग्राम हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् । 

MOVIES THIS WEEK

No Movies!

MOVIES NEXT WEEK

No Movies!