शिल्पा 'आकाशबाट झरेकी अप्सरा', 'किस्मत २' को अडियो गीत रिलिज

छबिराज ओझाले निर्माण गरेको नयाँ चलचित्र 'किस्मत २' को पहिलो अडियो गीत रिलिज भएको छ । 'उनि आकाशबाट झरेकी अप्सरा' बोलको अडियो गीतमा उदित नारायण झाको आवाज रहेको छ भने संगीत अर्जुन पोखरेलले दिएका छन् । शव्द अमृत रेग्मीले लेखेका हुन् । असोज २१ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको यो चलचित्रको छबि ओझाले प्रचार प्रसार पनि अगाडी बढाएका छन् । डान्सिङ बिटमा रहेको सार्वजनिक अडियो गीतको शब्द, संगीत र स्वर निकै उत्कृष्ट रहेको छ । यो गीतले एकपटक फेरी दर्शक, स्रोताहरुको मनमा राज गर्ने लगभग पक्का छ । छबिराज प्रोडक्सनको व्यानरमा ऋषि लामिछानेको निर्देशनमा तयार यस चलचित्रमा शिल्पा पोखरेल , किशोर खतिवडा , पृथ्वीराज प्रसाइ लगायतका कलाकारको अभिनय रहेको छ ।



TAGS : Kismat , Shilpa Pokhrel , Chabiraj Ojha , Rishi Lamichhane ,


MOVIES THIS WEEK

No Movies!

MOVIES NEXT WEEK

No Movies!